+
+
Shares

त्रिवि सेवा आयोगका अध्यक्ष भट्टराईले दिए पदबाट राजीनामा

त्रिभुवन विश्वविद्यालयका तत्कालीन कुलपतिसमेत रहेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिवि सेवा आयोगको अध्यक्षमा भट्टराईलाई नियुक्त गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १९ गते १८:१५

१९ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. धनश्याम भट्टराईले राजीनामा दिएका छन् । शनिबार आफूले पदबाट राजीनामा दिएको भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।

‘आज राजीनामा दिएको छु,’ उनले भने ।

त्रिभुवन विश्वविद्यालयका तत्कालीन कुलपतिसमेत रहेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिवि सेवा आयोगको अध्यक्षमा भट्टराईलाई नियुक्त गरेका थिए ।

बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले पुर्ववर्ती सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरूको खारेजी गर्ने तयारी गरेको छ । सोही अनुसार तयार पारिएको अध्यादेश सरकारले राष्ट्रपति कार्यालय पठाएको थियो । सो अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले आज जारी गरिसकेका छन् ।

यसअघि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा दीपक अर्यालसहितका पदाधिकारीले पनि राजीनामा दिइसकेका छन् । १७ वैशाखमा उपकुलपति अर्यालसहित शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले राजीनामा दिएका हुन् । यसैगरी शुक्रबार संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर  नेपालले पनि राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?