+
+
Shares

वैदेशिक रोजगारमा रहेकालाई सर्वोत्तम पेन्ट्सको आईपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १३:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोत्तम पेन्ट्सले ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ८ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणमा निष्कासन अनुमति पाएको छ।
  • वैदेशिक रोजगारमा रहेकालाई कम्पनीले ८५ हजार कित्ता सेयर आईपीओमा छुट्याएको छ।
  • आईपीओमा न्यूनतम १० र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ र आवेदन वैशाख २४ गतेसम्म खुला हुनेछ।

२१ वैशाख, काठमाडौं । वैदेशिक रोजगारमा रहेकालाई सर्वोत्तम पेन्ट्सको प्राथमिक सेयर (आईपीओ) खुलेको छ ।

कम्पनीले अंकित मूल्य १ सयका दरले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ८ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणमा निष्कासन अनुमति पाएको थियो।

जसको १० प्रतिशतले हुन आउने ८५ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेकालाई निष्कासन खुलाइएको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता तथा अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेकाले वैशाख २४ गतेसम्म आवेदन दिन सक्नेछन् । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङका केयर रेटिङ नेपालले कम्पनीलाई बीबी माइनस रेटिङ प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?