+
+
Shares

एमएडब्लू राइड्सले नेपाल ल्यायो ‘एफजेडएस-एफआई हाइब्रिड’ बाइक (भिडियो सहित)

इन्धन र ब्याट्रीको संयोजन गरेर यसको हाइब्रिड प्रविधि विकास गरिएको छ । जसमा माइल्ड हाइब्रिड प्रयोग गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमएडब्लू राइड्सले नेपालमा पहिलो पटक यामाहा एफजेड-एस एफआई हाइब्रिड मोटरसाइकल नेपाली बजारमा ल्याएको छ।
  • यस मोटरसाइकलमा स्मार्ट मोटर जेनेरेटर प्रणाली र अटोमेटिक स्टप एन्ड स्टार्ट सिस्टम जडान गरिएको छ।
  • यो मोटरसाइकलले ६० किलोमिटर प्रतिलिटर माइलेज दिन्छ र सिंगल च्यानल एबीएस तथा डिजिटल डिस्प्ले जस्ता आधुनिक सुविधा राखेको छ।

२१ वैशाख, काठमाडौं । नेपालमा यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्सले पहिलो हाइब्रिड प्रविधियुक्त मोटरसाइकल नेपाली बजारमा ल्याएको छ ।

एमएडब्लू राइड्सले ‘यामाहा एफजेड-एस एफआई हाइब्रिड’ मोटरसाइकल नेपाल भित्र्याएको हो ।

एमएडब्लू राइड्सका ट्रेनिङ म्यानेजर सञ्जय नापितका अनुसार यसमा आधुनिक प्रविधि जडान गरिएको छ । जसले गर्दा मोटरसाइकलमा आधुनिक डिजिटल प्रविधिका विशेषता राखिएका छन् । दैनिक मोटरसाइकलमा यात्रा गर्ने ग्राहक लक्षित गरी उन्नत तथा स्मार्ट प्रविधिमा डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

स्मार्ट मोटर जेनेरेटर प्रणाली जडान गरिएको यो मोटरसाइकलले शान्त र परिष्कृत इन्जिन स्टार्ट प्रदान गर्ने छ । इन्धन बचतका लागि यसमा ‘अटोमेटिक स्टप एन्ड स्टार्ट सिस्टम’ दिइएको छ । यसले ट्राफिक जाम वा न्युट्रलमा बसेका बेला इन्जिन आफैं बन्द गरिदिन्छ र क्लच थिच्नेबित्तिकै पुन: स्टार्ट हुने नापितको भनाइ छ ।

इन्धन र ब्याट्रीको संयोजन गरेर यसको हाइब्रिड प्रविधि विकास गरिएको छ । जसमा माइल्ड हाइब्रिड प्रयोग गरिएको छ । जसले गर्दा रोकिएर चलाउने बेला तीन सेकेन्डसम्म यसमा राखिएको ब्याट्रीले नै पावर सपोर्ट गर्छ र मोटरसाइकललाई अगाडि बढाउँछ । जसले गर्दा इन्धन कम खपत हुने नापितले बताए ।

रोकिएको हरेक ठाउँबाट अगाडि बढ्न खोज्दा हरेक समय ब्याट्रीले नै तीन सेकेन्ड पावर दिन्छ । यसको अर्को विशेषता भनेको अटोमेटिक स्टप एन्ड स्टार्ट सिस्टम हो । बाइक न्युट्रलमा राखेर क्लच छोड्ने बित्तिकै इन्जन आफैं बन्द हुन्छ र क्लच लिनेबित्तिकै अटोमेटिक इन्जिन चल्न सुरु गर्छ ।

आधुनिक प्रविधि प्रयोगले गर्दा यसले वातावरण प्रदूषण कम गर्न सघाउनुका साथै आगामी दिनमा आउने नयाँ इन्धन मापदण्डलाई पनि धान्न सक्ने खालको बनाइएको छ ।

सुरक्षाका लागि यसमा सिंगल च्यानल एबीएस दिइएको छ । जसले गर्दा बढी क्षमताका मोटरसाइकल जस्तै चिप्लिने वा लड्ने डर कम हुने नापितले बताए ।

‘मानौं, कर्नरिङ गरिराख्नुभएको छ भने टर्निङ सर्कल रेडियस बढी भएर अर्को लेनमा गएर ठोक्किने वा डिभाइडरमा गएर ठोक्किने अथवा ओभर स्पिड भएर स्किड भएर लड्ने, चिप्लिने जस्ता दुर्घटना यसले कम गर्छ,’ नापितले भने ।

त्यस्तै यसको साइड स्ट्यान्डमा इन्जिन कट-अफ स्विच राखिएको छ । जसले स्ट्यान्ड लागेका बेला यदि मोटरसाइकल गियरमा छ भने स्टार्ट हुँदैन । न्यूट्रलमा छ भने मात्रै स्टार्ट हुने र गियरमा आएपछि बन्द हुन्छ । जसले गर्दा स्ट्यान्डका कारण हुने एक्सिडेन्टको जोखिम समेत कम हुनेछ ।

बाइकमा आधुनिक प्रविधिलाई प्राथमिकता दिँदै ४.२ इन्चको टीएफटी डिजिटल डिस्प्ले, वाई-कनेक्ट एपमार्फत स्मार्टफोन कनेक्टिभिटी, टर्न-बाइ-टर्न नेभिगेसन, कल तथा एसएमएस अलर्टजस्ता सुविधा छन् । यसले प्रयोगकर्तालाई डिजिटल अनुभव समेत दिने छ ।

यो मोटरसाइकलले ६० किलोमिटर प्रतिलिटर पेट्रोलको माइलेज दिन्छ । स्टप एन्ड स्टार्ट सिस्टम, हाइब्रिड पावर असिस्टजस्ता विशेषताले यो मोटरसाइकल बढी महत्त्वपूर्ण मानिएको छ । साथै, एलईडी हेडलाइट तथा टेललाइट, दुई तहको सिट, १३ लिटर क्षमताको फ्युल ट्यांक र आरामदायी सस्पेन्सन प्रणालीले दैनिक तथा लामो दुरीका लागि उपयुक्त बनाउने कम्पनीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?