+
+
Shares

रवि पत्नीले अनलाइनखबरविरुद्ध हालेको गालीबेइज्जती मुद्दामा अदालतको फैसला– दाबी पुगेन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १७:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले हालेको मुद्दा दाबी नपुगेको भन्दै खारेज गरेको छ।
  • निकिताले अनलाइनखबरका अध्यक्ष धर्मराज भुसालसहित २९ मिडिया व्यक्तिविरुद्ध हालेको रिटमा दाबी नपुग्ने भन्दै अदालतले सोमबार खारेज गरेको हो।
  • निकिताको सहकारीमा काठमाडौं महानगरले छापा हानेको विवरणमा आधारित अनलाइनखबरको समाचारप्रति बेइज्जती भएको भन्दै मुद्दा हालेकी थिइन्।

२१ वैशाख, काठमाडौं । सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने र आफूसँग जोडिएको समाचारले गालीबेइज्जती भएको भन्दै उनकी पत्नी निकिता पौडेलले हालेको मुद्दा काठमाडौं जिल्ला अदालतले दाबी नपुगेको भन्दै खारेज गरिदिएको छ ।

निकिताले अनलाइनखबरका अध्यक्ष तथा प्रबन्ध निर्देशक धर्मराज भुसालसहित विभिन्न मिडियाका २९ जना विरुद्ध हालेको रिटमा दाबी नपुग्ने भन्दै सोमबार खारेज गरेको हो ।

लामिछाने तत्कालीन प्रचण्ड सरकारमा उपप्रधान तथा गृहमन्त्री रहेका बेला २०८० चैत २१ मा काठमाडौं महानगरले निकिता निवर्तमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा छापा मारेको थियो । हालका प्रधानमन्त्री बालेन शाह त्यसबेला काठमाडौं महानगरका मेयर थिए ।

महानगरले निकिताको सहकारीमा छापा हानेको विवरणसहित वक्तव्य प्रकाशित गरेको थियो । अनलाइनखबरको समाचार त्यसै वक्तव्यमा आधारित थियो ।

त्यसपछि निकिताले आफ्नो बेइज्जती भएको भन्दै अनलाइनखबरविरुद्ध मुद्दा हालेकी थिइन् । सोमबार काठमाडौं जिल्ला अदालतले निकिताको दाबीमा आधार नभेटिएको ठहर गर्दै रिट खारेज गरेको हो ।

उनले अनलाइनखबरसहित कान्तिपुर, नागरिक, उकेरा, अर्थ सरोकार, जनआस्थाका २९ जना विरुद्ध रिट दायर गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?