+
+
Shares

कांग्रेसले भन्यो : सुकुमवासीले कैदीले पाउने सुविधा पनि पाएनन्

नेपाली कांग्रेसले सरकारले सुकुमवासीमाथि क्रुर व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १९:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले सरकारले सुकुमवासीमाथि क्रुर व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ।
  • सहमहामन्त्री उदयशमशेर जबराले व्यवस्थापनबारे नसोची सुकुमवासी हटाएकोमा आपत्ति जनाएका छन्।
  • कांग्रेसले सुकुमवासीका लागि विशेष अनुदान टोली गठन गर्ने निर्णय गरेको छ।

२१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सरकारले सुकुमवासीमाथि क्रुर व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सहमहामन्त्री उदयशमशेर जबराले सञ्चारकर्मीहरूसँग कुरा गर्दै व्यवस्थापनबारे नसोची हटाएको भन्दै आपत्ति जनाएका हुन् ।

‘सुकुमवासी व्यवस्थापनमा क्रुर व्यवहार भएको छ । जबरजस्ती हटाएकोमा हाम्रो पार्टीको आपत्ति हो,’ उनले भने, ‘कसलाई हटाउने र कसलाई नहटाउने त्यसको व्यवस्थापन गर्नुपर्छ । सरकारले रुल अफ ल फलो गर्नुपर्छ । नट रुल बाइ ल । सरकारले रुल बाइ ल फलो गरेकोले हामीले सरकारको ध्यानाकर्षण गराएका छौं ।’

कांग्रेसले सुकुमवासीका लागि राहतका लागि अनुदान टोली गठन गर्ने निर्णय पनि गरेको उनको भनाइ छ ।

‘सुकुमवासीका लागि विशेष अनुदान टोली गठन र परिचालन केन्द्रीय कार्यालयमार्फत गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘बालबालिका, महिला र वृद्ध नागरिकको समस्या जटिल भएको छ । खाना, बस्न र पानीको समस्या देखिएको छ । हामीले सरकारको ध्यानार्षण गराएका छौं । कैदीले पाउने सुविधा पनि सुकुमवासीले नपाएको गुनासो छ । हामीले सुभेच्छुक संस्था परिचालन गरेर व्यवस्थापन गर्ने तयारी गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?