+
+
Shares

कांग्रेस संसद् समन्वय बोर्डको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते ८:५८

२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले संसद् समन्वय बोर्डको बैठक बोलाएको छ । कांग्रेसले पहिलोपल्ट संसद् समन्वय बोर्डको बैठक आज (मंगलबार) का लागि बोलाएको हो ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार दिउँसो ३ बजे बजे संसद् समन्वय बोर्डको बैठक बस्ने जानकारी दिए ।

संसदीय दलको विधान (संशोधन र परिमार्जनसहित, २०८३) को धारा २१ बमोजिम गठन भएको बोर्डको प्रथम बैठकमा उपस्थितका लागि बोर्ड सदस्यहरूलाई आग्रह गरिएको उनले बताए ।

कांग्रेस संसदीय दलको विधानमा संसदीय दल कार्यसमितिको नाम परिवर्तन गरेर संसद् समन्वय बोर्ड बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?