News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता सलिमान बनियाले जन्मदिनको अवसरमा ७ वर्षपछि फिल्म 'युनिभर्सिटिज अफ गुन्डाज'को टिजर युट्युबमा सार्वजनिक गरेका छन्।
- फिल्ममा सलिमानले एक्सन अवतारमा आफूलाई प्रस्तुत गर्ने तयारी गरेका छन् र टिजरमा सलोन बस्नेत पनि एक्सनमा देखिएका छन्।
- सुरेश न्यौपानेले निर्देशन गर्ने यो फिल्म सान्भी इन्टरेटेन्टमेन्टको प्रस्तुति हो र अन्य कलाकारको नाम सार्वजनिक गरिएको छैन।
काठमाडौं । अभिनेता तथा मोडल सलिमान बनियाले आफ्नो जन्मदिनको अवसरमा मंगलबार कमब्याक फिल्म ‘युनिभर्सिटिज अफ गुन्डाज’को टिजर युट्युबमा सार्वजनिक गरेका छन् ।
योसँगै उनको औपचारिक पुनरागमन पक्का भएको छ । ७ वर्षपछि फिल्ममा उनको पुनरागमन सम्भव भएको हो । यसको संकेत उनले गत महिनाको एक फोटोसुटमार्फत दिएका थिए ।
उनी अभिनित पछिल्लो फिल्म ‘यात्रा’ सन् २०१९ मा रिलिज भएको थियो । त्यसअघि उनले ‘ए मेरो हजुर २’ बाट घरेलु फिल्ममा एक्टरको रुपमा डेब्यू गरेका थिए ।
जन्मदिन अवसर पारेर बनियाले प्रशंसकलाई सरप्राइज गिफ्ट दिएका छन् । ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक भएको १ मिनेट १२ सेकेण्ड लामो टिजरमा उनको एक्सन बबाल देखिन्छ ।
सान्भी इन्टरेटेन्टमेन्टको प्रस्तुतिमा निर्माण भएको यस फिल्ममार्फत उनको दमदार पुनरागमन हुने बुझ्न सकिन्छ । अघिल्ला फिल्ममा रोमान्टिक ब्वायको छवि बनाएका सलिनमानले यसमा भने एक्सन अवतारमा आफूलाई प्रस्तुत गर्ने तयारी गरेका छन् ।
टिजरमा सलोन बस्नेत पनि उस्तै एक्सनमा उत्रिएका छन् । टिजर हेर्दा, सलिनमान र सलोन साथी पात्रको रुपमा रहेको बुझ्न सकिन्छ । बनिया आफैले लेखेको यो फिल्मको कथामा सुरेश न्यौपानेले निर्देशन गर्न लागेका हुन् । अन्य कलाकारको लाइनअप सार्वजनिक गरिएको छैन ।
प्रतिक्रिया 4