News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ।
- मन्त्रिपरिषद् बैठकले संसद्को बैठक आह्वान गर्ने सिफारिस राष्ट्रपतिसमक्ष गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए।
२३ वैशाख, काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
उनका अनुसार, यही वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस भएको हो ।
यसअघि मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले १७ वैशाख दिउँसो २ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।
तर आह्वान भएकै भोलिपल्ट सरकारकै सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन स्थगित गरे ।
अधिवेशन स्थगित गरेर सरकारले विभिन्न ८ वटा अध्यादेशहरू जारी गरेको छ ।
सरकारले जारी गर्नका लागि पठाएकामध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएका थिए । उक्त अध्यादेश हिजो बसेको मन्त्रिपरिषद् बैठकबाट पुन: सिफारिसका लागि पठाइएको थियो ।
आजै राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गरिसकेका छन् । राष्ट्रपतिले अध्यादेश जारी गर्नासाथ मन्त्रिपरिषद् बैठक बसेर संसद् अधिवेशन आह्वान गरिएको हो ।
प्रतिक्रिया 4