+
+
Shares

भौतिक पूर्वाधार मन्त्रालय मातहत २० पदाधिकारी पदमुक्त

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते १७:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ कार्यान्वयनमा ल्याएपछि २० पदाधिकारी पदमुक्त भएका छन्।
  • नेपाल इन्जिनियरिङ परिषद्‌बाट सर्वाधिक १३ पदाधिकारी पदमुक्त भएका छन् जसमा अध्यक्ष प्रा. डा. पदमबहादुर शाही र उपाध्यक्ष इ.डा. विकास अधिकारी छन्।
  • सडक बोर्ड नेपालका ४ सदस्य र नेपाल रेल्वे बोर्डका रेल्वे प्रशासक बलराम मिश्रसहित ३ जना पदमुक्त भएको मन्त्रालयले जनाएको छ।

२२ वैशाख, काठमाडौं । सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ कार्यान्वयनमा ल्याएसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका निकायबाट २० पदाधिकारी पदमुक्त भएका छन् ।

मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो । मन्त्रालयका अनुसार नेपाल इन्जिनियरिङ परिषद्‌बाट सर्वाधिक १३ पदाधिकारी पदमुक्त भएका छन् ।

जसमा अध्यक्ष प्रा. डा. पदमबहादुर शाही, उपाध्यक्ष इ.डा. विकास अधिकारीसमेत छन् । सडक बोर्ड नेपालका ४ सदस्य पदमुक्त भएका छन् । नेपाल रेल्वे बोर्डका रेल्वे प्रशासक बलराम मिश्रसहित ३ जना पदमुक्त भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?