+
+
Shares

कर्मचारीलाई सरकारको निर्देशन- ट्रेड युनियन कार्यालयहरू बन्द गर्नू, तोकिएको जिम्मेवारीमा तत्काल फर्कनू

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार साँझ जारी गरेको परिपत्र अनुसार ट्रेड युनियनका विभिन्न समितिमा आवद्ध कर्मचारीहरूलाई तोकिएको दरबन्दी अनुसारको जिम्मेवारीमा फर्कन भनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते २०:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न मन्त्रालय, विभाग, आयोग, सचिवालय तथा निकायहरूलाई निर्देशन दिएको छ।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ट्रेड युनियनका कर्मचारीहरूलाई तोकिएको दरबन्दी अनुसारको जिम्मेवारीमा फर्कन परिपत्रमार्फत अनुरोध गरेको छ।
  • परिपत्रमा ट्रेड युनियनले प्रयोग गरेको कार्यालय भवन, सवारीसाधन र सरकारी सम्पत्ति फिर्ता लिन र कर्मचारीहरूलाई कार्य जिम्मेवारीमा खटाउने व्यवस्था मिलाउन भनिएको छ।

२२ वैशाख, काठमाडौं । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न निर्देशन दिएको छ ।

सरकारले मन्त्रालय, विभाग, आयोग, सचिवालय तथा निकायहरूमा मंगलबार साँझ परिपत्र गर्दै ट्रेड युनियनका सबै कार्यालयहरू बन्द गर्न निर्देशन दिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार साँझ जारी गरेको परिपत्र अनुसार ट्रेड युनियनका विभिन्न समितिमा आवद्ध कर्मचारीहरूलाई तोकिएको दरबन्दी अनुसारको जिम्मेवारीमा फर्कन भनेको छ ।

‘निजामती कर्मचारीसँग सम्बन्धित ट्रेड युनियनका विभागी तथा अन्य समितिका कार्यालहरू बन्द गरी उक्त समिति र समितिमा आवद्ध रहेका कर्मचारीहरूले ट्रेड युनियन प्रयोजनका लागि कार्यालय भवन, कार्यकक्ष, सवारीसाधन लगायतका अन्य सेवा सुविधा तथा सरकारी सम्पत्ति उपयोग गरेको भए सम्बन्धित कार्यालयले फिर्ता लिई ट्रेड युनियनका विभिन्नस्तरका समितिमा आवद्ध भएका कर्मचारीहरूलाई तोकिएको दरबन्दी अनुसारको कार्य जिम्मेवारीमा खटाउने व्यवस्था मिलाउन हुने मिति २०८३/०१/२२ को सचिवस्तरीय निर्णयअनुसार अनुरोध छ,’ मन्त्रालयले जारी गरेको परिपत्रमा छ ।

हेर्नुहोस् परिपत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?