२३ वैशाख, काठमाडौं । नेपाल प्रहरी स्कुल शान्तिपुर चितवनले शैक्षिक सत्रको शुरुवातमा विद्यार्थी र शिक्षकलाई विपद्बाट बच्ने उपायबारे प्रशिक्षण दिएको छ । आफ्नो विद्यालयमा अध्यरत विद्यार्थी, कार्यरत शिक्षक कर्मचारीहरुलाई विपद्का घटनाबाट हुन सक्ने क्षती न्युनिकरणको सम्बन्धमा प्रशिक्षण प्रदान गरेको हो ।
आकस्मिक रुपमा हुन सक्ने विपदीय घटना जस्तै भुकम्प, आगलागी, चट्यांङ, हावाहुरी आउँदा के कसरी सुरक्षित हुने भनेर नमुना अभ्यास गरेर प्रशिक्षण दिएको हो ।
अभ्यासको क्रममा भुकम्प आएको एउटा काल्पनिक घटना सृजना गरी अध्ययरत विद्यार्थीहरुलाई कक्षा कोठामा हुँदा के कसरी सुरक्षीत हुने, कक्षामा भएका शिक्षकहरुले के कस्तो भुमिका हुने भनेर सिकाइएको छ ।
सुरक्षित हुने स्थान कसरी छनौट गर्ने, सुरक्षित स्थान सम्म कसरी जाने, कुन कक्षाको विद्यार्थी कहाँ जम्मा हुने लगायतका बिषयमा शिक्षक, विद्यार्थी एवम कार्यरत कर्मचारीहरुलाई अभ्यास गराइएको हो ।
अभ्यासको क्रममा घाईते विद्यार्थीको उपचार, खोजतलास, अन्य निकायसंग समन्वय जस्ता बिषयमा समेत अभ्यस्त बनाइएको थियो ।
नेपाल प्रहरीको विपद व्यवस्थापनसंग सम्बन्धीत कार्यालयका दक्ष प्रशिक्षक, स्वास्थ्यकर्मी, विद्यायमा कार्यरत सुरक्षाकर्मी समेतको सहयोगमा विपदीय घटनाको सम्बन्धमा पुर्व तयारीको अभ्यास गरीएको हो ।
नेपाल प्रहरी स्कुल शान्तिपुर चितवनले शैक्षिक सत्रको शुरुवात भएकै दिन ‘घर जस्तै सेवा परिवार जस्तै हेरचाह’ भन्ने मुल नाराका साथ विद्यार्थीहरुको स्वास्थ्य जाँचको कार्यक्रम सञ्चालन समेत गरेको छ ।

प्रतिक्रिया 4