+
+
Shares

हावाहुरीले दुई बिघाको केराखेतीमा क्षति  

जापानको चार वर्षको बसाइँ छाडेर स्वदेशमै केही गर्ने उद्देश्यले व्यावसायिक रूपमा कृषिकर्ममा जोडिएका केसीले चार जना स्थानीयलाई रोजगारी दिँदै आएका छन् ।  

रासस रासस
२०८३ वैशाख २३ गते १६:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २० वैशाखको ठूलो हावाहुरीले दाङको घोराही उपमहानगरपालिका–१२ रतनपुरमा दुई बिघा केराखेती पूर्ण रूपमा नष्ट गरेको छ।
  • हुमबहादुर केसीले भाडामा लिएको १० बिघा जग्गामा कृषिकर्म गर्दै आएका थिए र बीमा नगरेको कारण ठूलो नोक्सानी बेहोर्नु परेको छ।
  • केसीले चार जना स्थानीयलाई रोजगारी दिँदै आएका छन् र जापानको चार वर्षको बसाइँ छाडेर स्वदेशमै कृषिकर्ममा लागेको बताएका छन्।

२३ वैशाख, दाङ । २० वैशाखको ठूलो हावाहुरीले घोराही उपमहानगरपालिका–१२ मा लगाएको दुई बिघा केराखेतीमा ठूलो क्षति गरेको छ ।

घोराही–१२ रतनपुरमा हुमबहादुर केसीले लगाएको दुई बिघाको केरा पूर्ण रूपमा हावाहुरीले नष्ट गरेको छ । बिक्रीका लागि तयार हुँदै गरेको केरा हावाहुरीका कारण नष्ट भएको उनले बताए ।

माध्यामिक विद्यालय हापुर रतनपुरको १० बिघा जग्गा भाडामा लिएर पाँच वर्षदेखि व्यावसायिक रूपमा कृषिकर्ममा लागेका केसीले बीमा नगरेका कारण ठूलो नोक्सानी बेहोर्नु परेको हो ।

चार बिघामा केरा लगाएका केसीको दुई बिघाको केरा पूर्ण रूपमा नष्ट भएको छ भने दुई बिघामा रहेको केरामा आंशिक क्षति पुगेको छ ।

केसीले भाडामा लिएको १० बिघामध्ये चार बिघामा केराखेती, तीन वटा खोरमा तीन हजार ब्रोइलर कुखुरापालन र अन्य जग्गामा मकै खुर्सानीलगायत खेती गर्दै आएका छन् ।
जापानको चार वर्षको बसाइँ छाडेर स्वदेशमै केही गर्ने उद्देश्यले व्यावसायिक रूपमा कृषिकर्ममा जोडिएका केसीले चार जना स्थानीयलाई रोजगारी दिँदै आएका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?