+
+
Shares

शिक्षामन्त्री भन्छन्- रास्वपाको वाचापत्रअनुसार नै विद्यार्थी संगठन खारेज

जनताको अनुमोदनअनुसार नै विद्यार्थी संगठन खारेज भएकालेले त्यो विषयमा थप बहस आवश्यक नभएको उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १५:४३

२५  वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले रास्वपाको चुनावी वाचापत्रअनुसार नै विद्यार्थी संगठन खारेज गरिएको बताएका छन् ।

शुक्रबा सिंहदरबार सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले रास्वपाको वाचापत्र निर्वाचनमार्फत जनताबाट अनुमोदन भएको र सोही अनुसार विद्यार्थी संगठन खारेज गरेको बताएका हुन् ।

जनताको अनुमोदनअनुसार नै विद्यार्थी संगठन खारेज भएकालेले त्यो विषयमा थप बहस आवश्यक नभएको उनले बताए ।

अर्को प्रसंगमा उनले विद्यालयहरूले तोकिएको मापदण्डभन्दा बढी भर्ना वा वार्षिक शुल्क लिएको गुनासो आएको उल्लेख गर्दै उक्त विषयमा नगरपालिका संघ, गाउँपालिका महासंघका पदाधिकारी र उपत्यका मेयर्स फोरमका प्रतिनिधिसँग छलफल भएको बताए ।

‘तोकिएको मापदण्ड र नियमको कार्यान्वयनका लागि सङ्घ सरकारको कुनै मद्धत चाहिएमा हामी तयार छौँ,’ उनले भने, ‘तर यो मूलत: स्थानीय तहको दायित्वको कुरा हो । नियमन गर्ने निकायले आफ्नो तर्फबाट काम गर्नुपर्छ ।’ –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?