+
+
Shares

अहिले संविधान संशोधनको उपयुक्त बेला होइन : नेता पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २६ गते १८:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिष्ट पार्टीका नेता लिलामणी पोखरेलले अहिले संविधान संसोधनको उपयुक्त समय नभएको बताए।
  • पोखरेलले संविधान संशोधनले राजनीतिक बार्गेनिङ र राष्ट्रिय सार्वभौमिकताको संकट निम्त्याउन सक्ने खतरा औल्याए।
  • उनले संविधान सम्झौताको दस्तावेज भएकाले अहिले संशोधन अघि बढाउनु जोखिमपूर्ण हुने उल्लेख गरे।

२६ वैशाख, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता लिलामणी पोखरेलले संविधान संसोधन गर्न अहिले उपयुक्त समय नभएको बताएका छन् ।

शनिबार राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संविधान संशोधन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय सार्वभौमिकता र जनताले प्राप्त गरेका राजनीतिक उपलब्धिहरू नै संकटमा परेको अवस्थामा संविधान संशोधनको बहस अघि बढाउनु जोखिमपूर्ण हुने बताए ।

‘यतिबेला अहिले अल्पमतमा परेको राजनितिक शक्तिले संविधान संसोधनको पेण्डोरा बक्स खोल्नुहुँदैन । त्यहाँ वार्गेनिङ हुन्छ फेरि । महत्वपूर्ण कुराहरू हामीले लुज गर्नुपर्ने हुन्छ,’ नेता पोखरेलले भने ।

वर्तमान परिस्थिति लोकतान्त्रिक शक्तिहरू कमजोर र अधिनायकवादी प्रवृत्ति बलियो बन्दै गएको उल्लेख गर्दै उनले संविधान संशोधनको पेन्डोरा बक्स खोल्न नहुनेमा जोड दिए ।

पोखरेलले वर्तमान संविधान राजनीतिक दलहरूबीचको सम्झौताबाट बनेको दस्तावेज भएकाले यसमा धेरै अपूर्णता र अन्तरविरोध रहेपनि अहिले संशोधनको समय नभएको जिकिर गरे ।

‘यतिबेला राष्ट्रिय सार्वभौमिकताको क्राईसिस छ, नेपाली वामपन्थी आन्दोलनको क्राईसिस छ, पार्टीको आन्दोलन र उपलब्धीहरूको पनि संकट हो यो । हामीले प्राप्त गरेको उपलब्धीहरू बच्ने नबच्ने कुनै ठेगान छैन,’ उनले भनेका छन् ।

उनले गत वर्षको भदौ २३ र २४ गतेको घटनापछि मुलुकमा देखिएको राजनीतिक घटनाक्रमलाई प्रतिक्रान्तिको संज्ञा दिए ।

पोखरेलले संविधान परिवर्तनशील र संशोधनयोग्य दस्तावेज भएपनि शक्ति सन्तुलन कमजोर भएको अवस्थामा संशोधन प्रक्रिया अगाडी बढाउँदा राजनीतिक ‘बार्गेनिङ’ मा परिणत हुने खतरा रहेको औल्याए ।

‘संविधान अपरिवर्तनीय हो भन्नेमा हामी छैनौं । संविधान गतिशील छ । यो संविधान संविधानबादको सिद्धान्तबाट बनेको होइन, फेरि । यो सम्झौताको संविधान हो । राजनितिक दलहरूको बीचमा भएको सम्झौताको संविधान हो, त्यसकारणले यसमा धेरै अन्तरविरोधी कुराहरू छन्,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?