+
+
Shares
विचार :

शिक्षा प्रणाली बदल्ने उचित समय

नेपालको शिक्षा सुधार गर्न सबैभन्दा पहिले विश्वका सफल र असफल अनुभवको गहिरो अध्ययन आवश्यक छ । त्यसका आधारमा शिक्षा प्रणालीमा बदलाव ल्याउनुपर्दछ । यो उचित समय हो ।

डा. निर्मल घिमिरे डा. निर्मल घिमिरे
२०८३ वैशाख २७ गते १४:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको शिक्षा प्रणालीले पहुँच विस्तार गरेको भए पनि सिकाइको गुणस्तर सुधार नगरेकोले वास्तविक सफलताको प्रश्न उठेको छ।
  • शिक्षामा सुधारका लागि विद्यालय नेतृत्वलाई राजनीतिक पहुँचभन्दा योग्यता र उत्तरदायित्वमा आधारित चयन गर्नुपर्ने आवश्यकता छ।
  • प्रारम्भिक सिकाइ संकट समाधान नगरी माथिल्लो तहको सुधार टिकाउ नहुने र प्रमाणमा आधारित नीति बनाउनुपर्ने विश्वका अनुभवले देखाएका छन्।
  • विद्यालय नेतृत्व दलीय वा स्थानीय शक्ति सन्तुलनको कब्जामा रह्यो भने त्यसले सिकाइको गुणस्तरमै असर पुर्‍याउँछ ।
  • कक्षाकोठामा शिक्षकलाई दिनदिनै के गर्ने भन्ने व्यावहारिक साथ छैन भने नीति कागजमै सीमित रहन्छ ।

नेपालको शिक्षा प्रणाली आज एउटा निर्णायक मोडमा उभिएको छ । पहुँचका हिसाबले हेर्दा हामीले विगत केही दशकमा उल्लेखनीय प्रगति गरेका छौं । विद्यालय पुगेका बालबालिकाको संख्या बढेको छमाध्यमिक तहसम्मको पहुँच विस्तार भएको छ र शिक्षाको महत्वबारे सामाजिक चेतना पनि पहिलेभन्दा धेरै बढेको छ 

तर यति मात्रले शिक्षा प्रणाली सफल भएको मान्न सकिंदैन । प्रश्न अब विद्यालयमा कति जना पुगे भन्ने मात्र होइनप्रश्न यो हो— के विद्यार्थीले साँच्चै सिकिरहेका छन् के शिक्षा उनीहरूको जीवनरोजगारीनागरिकता र भविष्यसँग जोडिएको छ ?

नेपालमा शिक्षा सुधारबारे धेरै कुरा भएको छ । नीति आयोआयोग बनेयोजना बनाइएपरियोजना चलाइए । तर परिणाम किन अपेक्षित जस्तो आएन यसको उत्तर खोज्न नेपालले अब आफ्नै सीमाभित्र मात्र हैनविश्वका प्रमाणित अनुभवबाट पनि सिक्नुपर्छ । तर त्यो सिकाइ सतही हुनुहुँदैन 

कुनै देशको नतिजा राम्रो देखियो भन्दैमा त्यसको एउटा कार्यक्रम नक्कल गरेर हाम्रो समस्या समाधान हुँदैन । कुन सुधारले काम गर्‍योकिन गर्‍योकस्तो सन्दर्भमा गर्‍यो र नेपालमा त्यो कति हदसम्म सम्भव छ— यही प्रश्नहरूबाट शुरु गर्नुपर्छ । विश्वका केही उदाहरणले यस सन्दर्भमा स्पष्ट सन्देश दिन्छन् 

सुब्रालको पाठ: राम्रो शासन विना राम्रो शिक्षा सम्भव छैन

ब्राजिलको सिआरा राज्यभित्र पर्ने सुब्राल नामक नगरपालिका शिक्षा सुधारको विश्व चर्चित उदाहरण बनेको छ । एक समय निकै कमजोर प्रदर्शन गर्ने यो स्थानीय प्रणाली केही वर्षमै ब्राजिलकै उत्कृष्टमध्ये पर्‍यो । यसको रहस्य के थियो ?

न त कुनै चमत्कारी प्रविधिन ठूलो भवन निर्माणन केवल पाठ्यक्रम परिवर्तन । यसको मूल आधार थियो— राजनीतिक हस्तक्षेपबाट विद्यालयलाई जोगाउनेसक्षम नेतृत्व चयन गर्ने र सबै विद्यालयलाई स्पष्ट सिकाइ लक्ष्यमा केन्द्रित गर्ने शासन प्रणाली 

नेपालमा माध्यमिक तह सुधारबारे धेरै चर्चा हुन्छवास्तविक संकट त प्रारम्भिक सिकाइमै छ 

सुब्रालले एउटा महत्वपूर्ण निर्णय गर्‍यो: विद्यालय प्रमुख र शिक्षा नेतृत्वलाई राजनीतिक पहुँचका आधारमा होइनयोग्यता र उत्तरदायित्वका आधारमा चयन गर्ने । साथमाआरम्भिक कक्षामै सबै बालबालिकाले पढ्न सिक्नैपर्छ भन्ने स्पष्ट लक्ष्य तय गरियो । नियमित मूल्यांकनलाई दण्डको होइनसुधारको साधन बनाइयो । यसले शिक्षकप्रधानाध्यापक र स्थानीय निकाय बीच सिकाइ केन्द्रित संस्कृतिको विकास गर्‍यो 

नेपालका लागि यहाँ सबैभन्दा ठूलो पाठ स्पष्ट छ— शिक्षामा पैसाभन्दा पहिले शासन सुधार चाहिन्छ । यदि विद्यालय नेतृत्व दलीयव्यक्तिगत वा स्थानीय शक्ति सन्तुलनको कब्जामा रह्यो भने बजेट बढेर पनि सिकाइको गुणस्तर स्वत: बढ्दैन 

भियतनामको पाठ: नतिजा राम्रो देखिंदा पनि सावधान हुनुपर्छ

भियतनामलाई धेरैले ‘शिक्षामा चमत्कार’को रूपमा प्रस्तुत गर्छन् । कम आय भएको देश भएर पनि उसले अन्तर्राष्ट्रिय परीक्षणहरूमा धनी मुलुकहरूलाई समेत उछिनेको छ । यसको श्रेय आंशिक रूपमा विद्यार्थीको अनुशासनअभिभावकको अपेक्षाशिक्षक निगरानीपूर्वप्राथमिक लगानी र संस्थागत निरन्तरतामा जान्छ 

लेखक- डा. निर्मल घिमिरे ।

तर यहाँ एक महत्वपूर्ण सावधानी पनि छ । अन्तर्राष्ट्रिय परीक्षणहरूमा समेटिने विद्यार्थी सबै बालबालिका हुँदैनन्विद्यालयमा रहेका केही आयु समूहका विद्यार्थी मात्र त्यहाँ पर्छन् । यदि ठूलो संख्या विद्यालयबाहिर छ भनेउच्च नतिजाले सम्पूर्ण पुस्ताको अवस्था झल्काउँदैन । त्यसैले राम्रो अंक देखियो भन्दैमा कुनै देशको शिक्षा प्रणाली पूर्ण रूपमा सफल छ भन्न मिल्दैन 

नेपालले भियतनामबाट सिक्नुपर्ने कुरा भनेको ‘संस्कृति’ भन्दा बढी ‘संस्था’ हो । अभिभावकको उच्च अपेक्षा कानूनले बनाइँदैनतर पूर्वप्राथमिक शिक्षानियमित शिक्षक समर्थनविद्यालय निगरानी र राज्यको कार्यक्षमता भने नीतिबाट निर्माण गर्न सकिन्छ 

केन्याको ‘तुसोमे’: शिक्षकलाई एक्लै छोडेर सुधार हुँदैन

केन्याको तुसोमे कार्यक्रम प्रारम्भिक कक्षाका बालबालिकाको पढाइ सुधारका लागि विश्वमै सफल कार्यक्रममध्ये एक मानिन्छ । यसको विशेषता के थियो भने यो सानो पाइलटमा सीमित रहेनमन्त्रालयकै संरचनाभित्र बसेर राष्ट्रियस्तरमा फैलियो 

माध्यमिक शिक्षा विश्वविद्यालय प्रवेशको मात्र तयारी नभई जीवन र कामको तयारी पनि बन्नुपर्छ 

तुसोमेले शिक्षकलाई केवल तालिम दिएर छोडेन । उसले शिक्षकलाई स्पष्ट पाठ योजना सहितका संरचित मार्गदर्शिका दियो । विद्यालय भ्रमण गर्ने प्राविधिक अधिकारीलाई डिजिटल उपकरण दिइयोजसले उनीहरू वास्तविक रूपमा कक्षाकोठामा पुगे कि पुगेनन् भन्ने देखायो । यसले ‘रिपोर्टका लागि निरीक्षण’ होइन, ‘पढाइ सुधारका लागि सहयोग’ सम्भव बनायो 

नेपालमा पनि पाठ्यक्रमसीपमूल्यांकनदक्षता जस्ता शब्द धेरै प्रयोग हुन्छन् । तर कक्षाकोठामा शिक्षकलाई दिनदिनै के गर्ने भन्ने व्यावहारिक साथ छैन भने नीति कागजमै सीमित रहन्छ । कमजोर सिकाइ भएका विद्यालयमा शिक्षकलाई संरचित सहयोगसरल सामग्रीनियमित प्रतिपुष्टि र कक्षाकोठा–आधारित समर्थन अत्यावश्यक हुन्छ 

एस्टोनिया र सिंगापुर: स्वतन्त्रता क्षमता भएपछि मात्र फलदायी हुन्छ

विश्वका उत्कृष्ट शिक्षा प्रणालीको चर्चा गर्दा एस्टोनिया र सिंगापुरको नाम अनिवार्य रूपमा आउँछ । यी देशमा शिक्षकको सामाजिक प्रतिष्ठा उच्चछनोट कडातयारी बलियो र प्रणालीमा विश्वास पनि गहिरो छ । त्यहाँ शिक्षकलाई पर्याप्त स्वायत्तता दिइन्छ 

तर नेपालले यहाँ गम्भीर भ्रममा पर्नुहुँदैन । धेरैले सोच्छन्— शिक्षकलाई स्वतन्त्रता दिएपछि गुणस्तर बढ्छ । वास्तवमा उच्च क्षमता भएपछि मात्र उच्च स्वायत्तता फलदायी हुन्छ । प्रारम्भिक तयारी कमजोरपेशागत समर्थन न्यूनउत्तरदायित्व अस्पष्ट र कक्षाकोठामा असमानता बढी भएको सन्दर्भमा असीमित स्वायत्तताले प्राय: कमजोर विद्यार्थीलाई अझ पछाडि धकेल्न सक्छ 

नेपालले एस्टोनिया वा सिंगापुरको पूरा मोडेल आजकै अवस्थामा उतार्न सक्दैन । तर तिनले दिएको एउटा महत्वपूर्ण पाठ हामी तुरुन्त लागू गर्न सक्छौं— समतामूलक समर्थन । गरीब विद्यार्थीका लागि नि:शुल्क शैक्षिक सामग्रीपोषणस्वास्थ्यभाषा समर्थन र विशेष आवश्यकताका सेवाहरू विना ‘गुणस्तर’ को कुरा अधुरो हुन्छ 

टिचिङ एट द राइट लेभल’: उमेर होइनसिकाइको स्तर हेर्नुपर्छ

भारतबाट शुरु भएको टिचिङ एट द राइट लेभल (टीएआरएल) मोडेलले एउटा अत्यन्त सरल तर शक्तिशाली सत्य देखायो: एउटै कक्षामा बसेका सबै बालबालिका सिकाइको एउटै स्तरमा हुँदैनन् । तर हाम्रो विद्यालय प्रणालीले सबैलाई एउटै पाठएउटै गतिमाएउटै अपेक्षासहित पढाउन खोज्छ । परिणामस्वरूपकमजोर आधार भएका विद्यार्थी वर्षौंदेखि झन् पछि पर्दै जान्छन् 

नेपालको शिक्षामा बजेट वृद्धिभन्दा पहिले शासन सुधार चाहिएको छ । हार्डवेयर होइनशिक्षण प्रक्रिया महत्वपूर्ण हो 

टीएआरएलले उमेर वा कक्षाभन्दा बालबालिकाको वास्तविक पढ्ने–लेख्ने–गन्ने क्षमताका आधारमा समूह बनाउँछ । आधारभूत सीपमा केन्द्रितखेलमुखी र अन्तरक्रियात्मक विधिबाट छोटो अवधिमै सिकाइमा ठूलो सुधार ल्याउन सकिन्छ भन्ने प्रमाण यसले दिएको छ । कम लागतउच्च प्रभावर ग्रामीण तथा विपन्न समुदायमा विशेष उपयोगी हुने भएकाले यो मोडेल नेपालका लागि अत्यन्त सान्दर्भिक देखिन्छ 

नेपालमा माध्यमिक तहको सुधारबारे धेरै चर्चा हुन्छतर वास्तविक संकट त प्रारम्भिक सिकाइमै छ । कक्षा ३५ सम्म आइपुग्दा पनि राम्रोसँग पढ्न नसक्ने विद्यार्थीलाई पछि विज्ञानगणितसामाजिक शिक्षा वा जीवनोपयोगी सीप सिकाउने आशा गर्नु भ्रम हो 

बंगलादेशको पाठ: माध्यमिक शिक्षा रोजगारीसँग नजोडिएसम्म असन्तोष बढ्छ

नेपालका धेरै युवामा एउटा साझा गुनासो छ— विद्यालय र कलेजले जीवन वा रोजगारीका लागि उपयोगी तयारी दिएन । यही समस्यामा बंगलादेशको माध्यमिक शिक्षा सुधार उपयोगी पाठ दिन्छ । त्यहाँ माध्यमिक तहमा पहुँच विस्तारसँगै गरिब विद्यार्थीका लागि छात्रवृत्तिविद्यालय विस्तारविज्ञान–गणित–भाषा जस्ता विषयमा स्रोत शिक्षकर प्राविधिक तथा पूर्व–व्यावसायिक विकल्पहरू थप्ने प्रयास गरिएको थियो 

नेपालमा पनि सबै विद्यार्थी एउटै शैक्षिक बाटोबाट जान्नुपर्छ भन्ने सोच कमजोर हुँदै गएको छ । धेरै विद्यार्थीलाई विद्यालयपछि तुरुन्तै कामसीपउद्यम वा प्राविधिक अवसर चाहिन्छ । त्यसैले माध्यमिक शिक्षा विश्वविद्यालय प्रवेशको मात्र तयारी नभई जीवन र कामको तयारी पनि हुनुपर्छ 

असफलताबाट पनि सिक्नुपर्छ: ल्यापटप बाँड्दैमा शिक्षा बदलिंदैन

विश्वका असफल शिक्षा सुधारबाट नेपालले अझ धेरै सिक्न सक्छ । धेरै देशमा प्रविधि वितरणलाई शिक्षा सुधारको चाबीका रूपमा बेचियो । एक विद्यार्थी एक ल्यापटप (वन ल्यापटप पर चाइल्ड) जस्ता कार्यक्रमले लाखौं उपकरण बाँडे । तर जहाँ शिक्षकलाई तिनलाई शिक्षणसँग जोड्ने सहयोग थिएनत्यहाँ गणित वा भाषाको सिकाइमा उल्लेखनीय सुधार देखिएन । उपकरण बिग्रिएचार्ज गर्ने पूर्वाधार भएनमर्मत भएनर कार्यक्रम महँगो बोझ बन्यो 

नेपालले यसबाट स्पष्ट सन्देश लिनुपर्छ— हार्डवेयर होइनशिक्षण प्रक्रिया महत्वपूर्ण हो । शिक्षकको भूमिकासामग्रीकक्षाकोठा अभ्यासभाषामूल्यांकन र समर्थन प्रणाली बदलिनु विना ल्यापटपट्याबस्मार्टबोर्ड वा एप मात्रले शिक्षा बदल्दैन 

विपन्न विद्यार्थीका लागि नि:शुल्क शैक्षिक सामग्रीपोषणस्वास्थ्यभाषा समर्थन र विशेष आवश्यकताका सेवाहरू विना ‘गुणस्तर’ को सपना अधुरै हुन्छ 

त्यस्तैशिक्षकलाई बोनस दिंदा मात्र सिकाइ बढ्छ भन्ने धारणा पनि धेरै सन्दर्भमा कमजोर सावित भएको छ । यदि कक्षाकोठामा पुस्तक छैनसहयोग छैनमूल्यांकन विकृत र प्रणाली दण्डमुखी छ भने प्रोत्साहनको यस्तो मोडेलले कहिलेकाहीं उल्टै कमजोर विद्यार्थीलाई किनारामा धकेल्ने जोखिम बढाउँछ 

प्रमाणमा आधारित नीति: नेपाललाई आफ्नै ‘एविडेन्स ल्याब’ चाहिन्छ

नेपालमा शिक्षा क्षेत्रमा धेरै वर्षदेखि बाह्य परियोजनादातृ निकायपाइलट कार्यक्रम र विखण्डित हस्तक्षेप चल्दै आएका छन् । समस्या के हो भने एउटा परियोजना सकिन्छअर्को शुरु हुन्छतर प्रणालीले स्थायी रूपमा के सिक्यो भन्ने प्राय: स्पष्ट हुँदैन 

पेरुको ष्लभमगीब्द्य जस्तो मोडेल यहाँ प्रेरणादायी छ । शिक्षा मन्त्रालयभित्रै सानो तर सक्षम इकाइ बनाएर कम लागतका नवप्रयोग गरिन्छप्रशासनिक डेटा प्रयोग गरेर नतिजा मापन गरिन्छर काम गर्ने कार्यक्रम मात्र विस्तार गरिन्छ । यस्तो प्रणालीले नीतिलाई अनुमानप्रभाववा राजनीतिक भाषणमा होइनप्रमाणमा आधारित बनाउँछ 

नेपालमा पनि शिक्षा मन्त्रालय वा सम्बन्धित निकायभित्र ‘एविडेन्स–टु–पोलिसी’ इकाइ बनाउने समय आएको छ । यसले साना तर प्रभावकारी हस्तक्षेप— जस्तै शिक्षकलाई समयमै जानकारी पठाउनेविद्यालय सुधारका लागि सूचनामूलक सन्देशअभिभावक संलग्नता मोडेल वा स्थानीय समर्थन व्यवस्था— पहिले परीक्षण गर्न सक्छ 

अब नेपालको प्राथमिकता के हुनुपर्छ ?

विश्वका अनुभवले नेपालका लागि चार मुख्य प्राथमिकता स्पष्ट गर्छन् 

१. प्रारम्भिक कक्षाको सिकाइ संकट समाधान नगरी माथिल्ला सुधार टिकाउ हुँदैनन् । कक्षा ३–५ का लागि ‘स्तरअनुसार सिकाइ’ जस्तो मोडेल तत्काल आवश्यक छ 

२. शिक्षा प्रशासन र विद्यालय नेतृत्वलाई योग्यताउत्तरदायित्व र नतिजासँग जोड्नुपर्छ । राजनीतिक संरक्षणमा आधारित नेतृत्वले शिक्षा सुधारलाई कमजोर बनाउँछ 

३. प्रविधि वा नारा होइनशिक्षकको दैनिक शिक्षण अभ्यास सुधारमा लगानी गर्नुपर्छ । संरचित मार्गदर्शनसहयोगी निरीक्षण र डेटा–आधारित व्यावसायिक विकास आवश्यक छ 

४. हरेक नयाँ सुधारलाई पहिले परीक्षणत्यसपछि मात्र विस्तार गर्ने संस्कृतिको विकास गर्नुपर्छ । अनुमानमा होइनप्रमाणमा आधारित नीति बनाउनुपर्छ 

नेपालको शिक्षा सुधारको मूल प्रश्न अब ‘कति परियोजना आयो ?’ भन्ने होइन । प्रश्न यो हो— के हामीले कक्षाकोठामा सिकाइको वास्तविकता बदल्यौं यदि बदल्न चाहन्छौं भनेविश्वका सफल र असफल दुवै अनुभवले एउटै कुरा भन्छन्: शिक्षा सुधार भाषणभवन र बजेटबाट मात्र हुँदैनत्यो सिकाइशासनशिक्षक समर्थन र प्रमाणमा आधारित निर्णयबाट हुन्छ 

अब शिक्षा प्रणालीलाई सजाउने होइनबदल्ने बेला आएको छ 

(डा. घिमिरेनर्थ क्यारोलिना विश्वविद्यालयविल्मिङ्टनमा सहप्राध्यापक छन् । उनी शिक्षा सुधारशिक्षक गुणस्तर तथा प्रमाणमा आधारित नीतिबारे लेख्छन् ।)

लेखक
डा. निर्मल घिमिरे

(डा. घिमिरे, नर्थ क्यारोलिना विश्वविद्यालय, विल्मिङ्टनमा सहप्राध्यापक छन् । उनी शिक्षा सुधार, शिक्षक गुणस्तर तथा प्रमाणमा आधारित नीतिबारे लेख्छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?