News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन विषयलाई हल्का ढंगले नलिन सचेत गराउनुभएको छ।
- प्रचण्डले संविधान संशोधनले लोकतन्त्र सुदृढ र सिमान्त क्षेत्रको प्रतिनिधित्व विस्तार गर्नुपर्ने बताउनुभएको छ।
- उहाँले संविधान संशोधन संवेदनशील विषय भएकाले ठूलो विवेक, छलफल र संयम आवश्यक रहेको उल्लेख गर्नुभएको छ।
२९ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको विषयलाई हल्का ढंगले लिने गल्ती नगर्न सचेत गराएका छन् ।
मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा उनले संविधान संशोधन एकदमै संवेदनशील र गम्भीर विषय रहेको स्मरण गराए ।
संविधान संशोधन गरौं तर त्यसले लोकतन्त्रको सुदृढ, सीमान्त क्षेत्रको प्रतिनिधित्व विस्तारित हुनुपर्ने प्रचण्डको भनाइ छ ।
‘संविधान संशोधन गरौं, तर त्यो संशोधनले लोकतन्त्रलाई अझै सुदृढ गरोस् । संविधान संशोधन गरौं, जसले सिमान्त क्षेत्रको प्रतिनिधित्व अझै विस्तारित होस्,’ प्रचण्डले भनेका छन् ।
ठूलो विवेक, छलफल र संयमको माग संविधान संशोधनको विषयले लिने उनले बताए ।
‘संविधान संशोधन एकदमै संवेदनशील र गम्भीर विषय हो । यसलाई हल्का ढंगले लिने गल्ती हामी कसैले पनि गर्न हुँदैन । यसले ठूलो विवेक, छलफल र संयमको माग गर्दछ । कृपया यसलाई त्यही रुपमा आत्मसाथ गर्न सरकार र माननीय सदस्यहरूसँग आग्रह गर्दछु,’ प्रचण्डले भने ।
प्रतिक्रिया 4