News Summary
Generated by OK AI. Editorially reviewed.- राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्री संसदप्रति अनुत्तरदायी भएको आरोप लगाइन्।
- प्रधानमन्त्रीले संसदीय अभ्यासमा सहभागिता नखोज्नुले सदनप्रति अनिच्छुक रहेको ओलीको तर्क थियो।
- ओलीले प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमा मात्र नभई सदनमा उपस्थित भएर जवाफदेही बन्न आग्रह गरिन्।
३१ वैशाख, काठमाडौं । राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्री संसदप्रति अनुत्तरदायी भएको भन्दै आपत्ति जनाएकी छिन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक ओलीले प्रधानमन्त्रीले संसदीय अभ्यास र मर्यादालाई उपेक्षा गरेको आरोप लगाइन् ।
वैदिक कालदेखि नै संवाद र सामूहिक निर्णयको परम्परा रहेको स्मरण गराउँदै लोकतन्त्र केवल निर्वाचन जित्ने प्रणाली मात्र नभई निरन्तर संवादको अभ्यास भएको जिकिर उनको थियो।
प्रधानमन्त्रीले संसदीय अभ्यासमा सहभागिता नखोज्नुले उहाँ सदनप्रति अनिच्छुक रहेको पुष्टि हुने ओलीको तर्क थियो ।
‘प्रधानमन्त्री पहिलो अधिवेशनमा नबोली जानुभयो, दोस्रो अधिवेशनमा आफ्नै नीति तथा कार्यक्रमको छलफल चलिरहँदा बीचमै उठेर हिंड्नुभयो । हामी सदनमा सुकुमवासी र संवैधानिक परिषद्का कुरा उठाउँछौँ, तर प्रधानमन्त्री सामाजिक सञ्जालको पोस्टमार्फत जवाफ दिनुहुन्छ । यो संसदीय अभ्यासप्रति अनुत्तरदायी हुने एउटा प्रवृत्ति (प्याटर्न) नै बनेको छ,’ उनले भनिन् ।
जनताले एक शक्तिशाली प्रधानमन्त्रीका रूपमा विश्वास गरेको उल्लेख गर्दै ओलीले प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमा मात्र सीमित नभई सदनमा उपस्थित भएर जवाफदेही बन्न आग्रह पनि गरिन् ।
प्रतिक्रिया 4