+
+
Shares

कृषि हानिकारक वन्यजन्तु व्यवस्थापन गर्न प्राविधिक समिति गठनबारे छलफल

स्थानीय तहले कार्यान्वयन गर्ने, विज्ञ टोली छनोट, बजेट व्यवस्थापन लगायत विषयमा छलफल भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १७:४०

३१, वैशाख, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बाँदर लगायत कृषि हानिकारक वन्यजन्तु व्यवस्थापनका लागि प्राविधिक समिति बनाउने विषयमा छलफल गरेको छ ।

खेतबारी, बस्ती र वन क्षेत्र वरिपरि बढ्दो बाँदर–मानव द्वन्द्व व्यवस्थापनका लागि कृषिमन्त्री गिता चौधरीले कृषि तथा वन मन्त्रालयका अधिकारी र सरोकारवालाबीच समिति गठन गर्ने विषयमा छलफल गरेकी हुन् ।

स्थानीय तहले कार्यान्वयन गर्ने, विज्ञ टोली छनोट, बजेट व्यवस्थापन लगायत विषयमा छलफल भएको हो ।

छलफलमा कृषि सचिव डा. राजेन्द्र मिश्र, सांसद सागर ढकाल, वन मन्त्रालयका सहसचिव लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?