५ जेठ, काठमाडौं । किंग्डम अफ मोरक्कोका एक नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राहदानी नम्बर एई ३९७९१६५ का ४० वर्षीय पुरुष युसेफ इसैदी छन् । उनलाई विमानस्थल सुरक्षा कार्यालय गौचरको टोलीले पक्राउ गरेको हो ।
विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एसपी राजकुमार सिलवालका अनुसार उनी ३ वैशाखको दिउँसो पौने ५ बजे इन्डिगो एअर लाइन्सको फ्लाइट नम्बर ६ई ११५८ नम्बरको उडानमार्फत काठमाडौंबाट मुम्बई जान लागेका थिए ।
उनलाई अन्तराष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट पक्राउ गरिएको हो । उनीबाट स्वीट्जसरल्याण्डको एक्स६८५१३९२ नम्बरको अर्को राहदानी समेत बरामद भएको प्रहरीले बताएको छ ।
दुई फरक देशका राहदानी भेटिएपछि उनलाई पक्राउ गरिएको एसपी सिलवालले बताए । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि अध्यागमन विभाग कालिकास्थान पठाइएको छ ।
प्रतिक्रिया 4