+
+
Shares

नेपालको हवाई क्षेत्रलाई ईयूको कालोसूचीबाट हटाउन परराष्ट्रमन्त्री खनालको आग्रह

ईयू टोलीले मंगलबार प्रधानमन्त्रीलाई भेट्ने

परराष्ट्र मन्त्रालयमा ईयूका राजदूतहरूको संयुक्त प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खनालले हवाई सुरक्षाको क्षेत्रमा नेपालले गरेको उल्लेखनीय प्रगति र भइरहेका सुधारलाई ध्यानमा राख्दै उक्त सूचीबाट हटाउन आग्रह गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते १५:२२

११ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको हवाई क्षेत्रलाई युरोपेली संघ (ईयू) को उडान सुरक्षा सूची (कालोसूची) बाट हटाउने प्रक्रियामा सहयोग गर्न ईयूका सदस्य राष्ट्रहरूसँग आग्रह गरेका छन्।

सोमबार परराष्ट्र मन्त्रालयमा ईयूका राजदूतहरूको संयुक्त प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खनालले हवाई सुरक्षाको क्षेत्रमा नेपालले गरेको उल्लेखनीय प्रगति र भइरहेका सुधारलाई ध्यानमा राख्दै उक्त सूचीबाट हटाउन आग्रह गरेका हुन्।

भेटका अवसरमा मन्त्री खनालले नेपालसँग ईयूको निरन्तर विकास साझेदारीको प्रशंसा गर्दै व्यापारजलवायु कार्यशिक्षा र जनस्तरको सम्बन्ध जस्ता क्षेत्रमा सहयोग सुदृढ गर्नुपर्नेमा जोड दिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्री खनालले सरकारका प्रमुख प्राथमिकताका रूपमा तीव्र आर्थिक वृद्धिसँगै चुस्त सेवा प्रवाह र भ्रष्टाचारविरुद्धको कडा शून्य सहनशीलता रहेको जानकारी गराएका थिए।

साथैमन्त्री खनालले लगानी सहजीकरणनिर्यात प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि र नवप्रवर्तन लाई प्रवर्द्धन गर्ने उद्देश्यले भइरहेका आर्थिक सुधारहरूबारे जानकारी गराउँदै जलविद्युत्पर्यटनपूर्वाधार विकास र सूचना प्रविधिको क्षेत्रमा थप लगानी गर्न ईयू राष्ट्रहरूलाई आह्वान गरे।

प्रतिनिधिमण्डलको तर्फबाट बोल्दै नेपालका लागि ईयूकी राजदूत भेरोनिक लोरेन्जोले नयाँ सरकारप्रति ईयू सदस्य राष्ट्रहरूको समर्थनलाई पुनः पुष्टि गर्न यो भ्रमण भएको बताइन्। उनले ई-गभर्नेन्स र डिजिटलाइजेसनमा ईयूको विज्ञता आदानप्रदान गर्नेलगायत नेपाल र ईयूबीच सहकार्यका थप अवसरहरू खोज्ने भ्रमणको उद्देश्य रहेको प्रष्ट पारिन्।

मंगलबार प्रधानमन्त्रीसँग सामूहिक भेटवार्ता

नेपालका लागि ईयूकी राजदूत लोरेन्जोको नेतृत्वमा आएको २२ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलले मंगलबार (भोलि) प्रधानमन्त्री बालेन्द्र शाहसँग सामूहिक भेटवार्ता गर्दैछ।

यसअघि पदभार ग्रहण गरेयता कुनै पनि विदेशी कूटनीतिज्ञहरूलाई नभेटेका प्रधानमन्त्री शाहले ईयूको टोलीलाई भने सामूहिक रूपमा भेट्न लागेका हुन्। यस भ्रमण दलमा अस्ट्रियाबेल्जियमबुल्गेरियासाइप्रसचेक गणतन्त्रडेनमार्कइस्टोनियाफिनल्यान्डफ्रान्सजर्मनीग्रीसइटालीलिथुआनियालक्जेम्बर्गनेदरल्यान्ड्सपोल्याण्डपोर्चुगलरोमानियास्लोभाकियास्लोभेनियास्पेन र स्विडेनका राजदूत तथा उप–राजदूतहरू सहभागी छन्।

यो भ्रमणले नेपालप्रति ईयूको प्रतिबद्धतालाई स्पष्ट रूपमा देखाउँछ। हामी यहाँ नयाँ सरकारलाई बधाई दिननेपालको विकास प्राथमिकताप्रति हाम्रो समर्थन पुनः पुष्टि गर्नतथा व्यापारलगानीजलवायु कार्य र बहुपक्षीय मुद्दाजस्ता क्षेत्रमा सहकार्यका नयाँ अवसरहरू खोज्न आएका हौँ,’ टोली प्रमुख लोरेन्जोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘टिम युरोपका रूपमाहामी नेपालसँग मिलेर अझ समृद्धदिगो तथा समावेशी भविष्य निर्माण गर्न सहकार्य गर्न तयार छौँ।

प्रतिनिधिमण्डलले सोमबार नै संस्कृतिपर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल र शिक्षाविज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। टोलीले निजी क्षेत्रका प्रतिनिधिनागरिक समाजका अगुवा तथा युवा नेताहरूसँग पनि भेट्ने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?