+
+
Shares

दुर्गा प्रसाईं छुटे

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १३:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्सा अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं साधारण तारेखमा रिहा भएका छन् ।
  • प्रहरीले प्रसाईंलाई वीरगञ्जको होटल दियालोबाट पक्राउ गरी साइबर र राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो ।

१२ जेठ, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि उनलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले बताए ।

अदालतको आदेश अनुसार उनलाई साधारण तारेखमा रिहा गरिएको हो । प्रहरीले उनलाई साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो ।

उनी केही दिनअघि मात्रै वीरगञ्जको होटल दियालोबाट पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?