News Summary
Generated by OK AI. Editorially reviewed.- लागुऔषध मुद्दामा काठमाडौं प्रहरीको हिरासतबाट फरार भएका ४० वर्षीय सञ्जिव महर्जनलाई प्रहरीले कीर्तिपुरको ट्याङ्लाफाँटबाट पक्राउ गरेको छ ।
- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार महर्जन जेनजी आन्दोलनको समयमा प्रहरी हिरासतबाट फरार भएका थिए ।
१३ जेठ, काठमाडौं । लागुऔषध मुद्दामा हिरासतबाट फरार भएका एक प्रतिवादी पक्राउ परेका छन् ।
उनलाई काठमाडौंका विभिन्न क्षेत्रमा लुकिछिपी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
जेनजी आन्दोलनको क्रममा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट लागुऔषध मुद्दामा म्याद थप भइ अनुसन्धान भइरहेका ४० वर्षीय सञ्जिव महर्जन फरार थिए ।
उनलाई प्रहरीले बुधबार काठमाडौंको कीर्तिपुरस्थित ट्याङ्लाफाँटबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4