+
+
Shares

लागु औषधसहित ललितपुरबाट २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते १६:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरको भोलढोकाबाट लागु औषध ट्रामाडोल र गाँजासहित मकवानपुरका विजय स्याङ्बो र मोरङकी नीता शिवा पक्राउ परेका छन् ।
  • प्रहरीले उनीहरूका साथबाट ३८२ ट्याब्लेट ट्रामाडोल र २७ ग्राम गाँजा बरामद गरेको छ ।

१० जेठ, काठमाडौं । लागु औषधसहित ललितपुरबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका घर भई ललितपुर ९  भोलढोकाका २५ वर्षीय विजय स्याङ्बो र मोरङको मिक्लाजुङ गाउँपालिका–९ घर भई ललितपुर गुईटोल बस्ने २० वर्षीया नीता शिवा छन् ।

उनीहरूबाट प्रहरीले ट्रामाडोल ३८२ ट्याब्लेट, गाँजा २७ ग्राम बरामद भएको छ । उनीहरूलाई ललितपुर–८ कै भोलढोकाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?