+
+
Shares

उच्च शिक्षा अध्ययन गर्नेको संख्या १०.९ प्रतिशतले बढ्यो, धेरै विद्यार्थी त्रिविमा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा आर्थिक वर्ष २०८१/८२ मा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या १०.९ प्रतिशतले बढेर ७ लाख ४५ हजार ७ सय ७० पुगेको छ ।
  • उच्च शिक्षाका कुल विद्यार्थीमध्ये व्यवस्थापन सङ्कायमा सबैभन्दा बढी ५०.५ प्रतिशत र कृषिमा सबैभन्दा कम ०.१५ प्रतिशत अध्ययनरत छन् ।
  • नेपालमा कुल विद्यार्थीमध्ये ७५.३ प्रतिशत त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत छन् भने हालसम्म विदेशी सम्बन्धन प्राप्त क्याम्पसको सङ्ख्या ५७ पुगेको छ ।

१३ जेठ, काठमाडौं । नेपालमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या बढेको छ ।

बुधबार सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/०८३ मा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या ६ लाख ७२ हजार ४ सय ८९ रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा १०.९ प्रतिशतले वृद्धि भई ७ लाख ४५ हजार ७ सय ७० पुगेको छ ।

उच्च शिक्षा अध्ययनरत कुल विद्यार्थीमध्ये व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीको सङ्ख्या सबैभन्दा बढी ५०.५ प्रतिशत रहेको छ । कृषिमा अध्ययनरत विद्यार्थीको सङ्ख्या सवैभन्दा कम ०.१५ प्रतिशत छ । व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी तथा समाजशास्त्र सङ्कायमा अध्ययनरत विद्यार्थी करिव ८०.० प्रतिशत रहेका छन् ।

सबैभन्दा धेरै विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत छन् । त्रिविको आङ्गिकमा ४७.९ प्रतिशत र सम्बन्धन प्राप्तमा २७.४ प्रतिशत गरी जम्मा ७५.३ प्रतिशत र अन्य विश्वविद्यालय तथा शैक्षिक संस्थामा २४.१ प्रतिशत विद्यार्थी अध्ययनरत छन् ।

सरकारी लगानीको हिसाबले हेर्दा त्रिभुवन विश्वविद्यालयमा ६७.५ प्रतिशत र अन्य विश्वविद्यालय/कार्यक्रममा ३२.५ प्रतिशत सरकारी लगानी रहेको छ ।

नेपालमा २०८२ फागुनसम्म १५ केन्द्रीय र ६ प्रादेशिक विश्वविद्यालय गरी जम्मा २१ विश्वविद्यालयका साथै संघ अन्तर्गत ६ र प्रदेश अन्तर्गत २ स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी ८ स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् ।

संघीय अन्तर्गत १२ केन्द्रीय विश्वविद्यालय र प्रदेश अन्तर्गत ६ विश्वविद्यालय पूर्ण रूपमा सञ्चालनमा रहेका छन् । ३ केन्द्रीय विश्वविद्यालय हालसम्म सञ्चालनमा आउन सकेका छैनन् । २०८२ फागुनसम्म वैदेशिक सम्बन्धन प्राप्त क्याम्पसको सङ्ख्या ५७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?