+
+
Shares

दक्षिण एसियामा वन : नेपाल दोस्रो स्थानमा   

दक्षिण एसियाका आठ मुलुकमध्ये सबैभन्दा बढी वनक्षेत्र भुटानमा छभने दोस्रो स्थानमा नेपाल रहेको छ ।    

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते १२:२८
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण एसियाका आठ मुलुकमध्ये भुटानपछि नेपाल ४६.०८ प्रतिशत वनक्षेत्रसहित दोस्रो स्थानमा रहेको छ ।
  • सन् १९९० को दशकमा ३९.६ प्रतिशत रहेको नेपालको वनक्षेत्र सन् २०२४ मा वृद्धि भई ४६.०८ प्रतिशत पुगेको छ ।
  • नेपालको कुल भूभागको २३.४ प्रतिशत अर्थात् ३४ हजार ४२० वर्ग किलोमिटर क्षेत्र संरक्षित क्षेत्रका रूपमा रहेको छ ।

१४ जेठ, काठमाडौं । दक्षिण एसियाका आठ मुलुकमध्ये सबैभन्दा बढी वनक्षेत्र भुटानमा छभने दोस्रो स्थानमा नेपाल रहेको छ ।

बुधबार सार्वजनिक आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणआनुसार भुटानमा ६९ दशमलव ७१ प्रतिशत, नेपालमा ४६ दशमलव शून्य आठ, श्रीलंका ३४ दशमलव एक, चीन २२ दशमलव ९६, भारत २१ दशमलव ७१, बंगलादेशमा १२ दशमलव आठ, पाकिस्तान चार दशमलव आठ, माल्दिभ्समा दुई दशमलव सात र अफगानिस्तानमा एक दशमलव नौ प्रतिशत वनक्षेत्र छ । विश्वको कूल भूभागको ३२ प्रतिशत भूभाग वनले ढाकेको छ ।

सन् २०२४ मा नेपालको वन क्षेत्र कूल भू–भागको ४६ दशमलव शून्य आठ प्रतिशत थियो । यसमध्ये कूल भू–भागको ४३ दशमलव ३८ प्रतिशत वन र दुई दशमलव सात प्रतिशत झाडी तथा बुट्यान क्षेत्र रहेको छ ।

सन् १९९० को दशकमा नेपालमा ३९ दशमलव छ प्रतिशत वन क्षेत्र रहेकोमा सन् २०१५ मा ४४ दशमलव ७४ प्रतिशत र सन् २०१९ मा ४५ दशमलव ३१ प्रतिशत पुगेको थियो ।

देशको कूल भू–भागमध्ये ३४ हजार ४२० वर्ग किमी संरक्षित क्षेत्रका रूपमा छ । यो कूल भू–भागको २३ दशमलव चार प्रतिशत हो । साथै ११ वन संरक्षण क्षेत्रअन्तर्गत हालसम्म एक लाख ९४ हजार १५६ हेक्टर वन क्षेत्र व्यवस्थापन भएको छ ।

यसैगरी गत फागुनसम्म मध्यवर्ती तथा संरक्षित क्षेत्रमा ८९९ सामुदायिक वन समूह गठन भएका छन् भने यस्तो क्षेत्रले करिब दुई लाख २५ हजार आठ हेक्टर क्षेत्रफल ओगटेको छ । त्यसैगरी ४८ मध्यवर्ती कबुलियति वनमार्फत ५४८ हेक्टर वन क्षेत्र व्यवस्थापन भएको छ ।

गत फागुनसम्म २३ हजार १६२ सामुदायिक वन उपभोक्ता समूहमार्फत २५ लाख नौ हजार ८२५ हेक्टर वन क्षेत्रको व्यवस्थापन भएको छ । साथै ३३ साझेदारी वन उपभोक्ता समूहमार्फत ४४ हजार ३८४ हेक्टर वन क्षेत्रमा सघन व्यवस्थापन भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?