+
+
Shares

सिक्री लुट्ने समूहका ४ जना पक्राउ

सिक्री लुट्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते १६:१९

१४ जेठ, काठमाडौं । सिक्री लुट्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको लिशंखुवाखर गाउँपालिका–७ का २९ वर्षीय जनक तामाङ, सोही ठाउँका ३० वर्षीय साइमन भनिने मनकुमार तामाङ, ललितपुकरो कोन्जोसोम गाउँपालिका–५ का २५ वर्षीय उमेश मुक्तान र काभ्रेको नमोबुद्ध नगरपालिका–७ का ३० वर्षीय अर्जुन तामाङ छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो । यो समूहले १३ जेठमा कोटेश्वर हुँदै बल्खु जाँदै गरकेो बसभित्र एक युवतीले लगाएको गलाको सुनको सिक्री चोरेको आरोप छ ।

सिक्री लुटेको सूचना पाउनासाथ प्रहरीले उनीहरूलाई सिक्री सहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?