News Summary
Generated by OK AI. Editorially reviewed.- धार्मिक सद्भाव भड्काएको आरोपमा पक्राउ परेका जनक परियारलाई अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले ४ दिनको म्याद थप गरेको छ ।
- काठमाडौं प्रहरीका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार परियारले धार्मिक भावनामा आघात पुर्याउने र सद्भाव भड्काउने अभिव्यक्ति दिएका थिए ।
१५ जेठ, काठमाडौं । सद्भाव भड्काएको आरोपमा पक्राउ परेका व्यक्तिविरुद्ध चार दिनको म्याद थप भएको छ ।
पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भई टोखा नगरपालिका–८ बानियाँटार बस्ने २७ वर्षीय जनक परियारविरुद्ध अनुसन्धान गर्न चार दिन म्याद थप भएको हो ।
काठमाडौं जिल्ला अदालतले चार दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
धार्मिक भावनामा आघात पुर्याउने तथा सद्भाव भड्काउने अभिव्यक्ति दिएपछि उनी पक्राउ परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4