+
+
Shares

राष्ट्र बैंकको सुपरिवेक्षणमा फिनटेक मार्केटप्लेस स्थापना गरिने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १६:५४

१५ जेठ, काठमाडाै‌ं ।  नेपाल सरकारले राष्ट्र बैंकको सुपरिवेक्षणमा फिनटेक मार्केटप्लेस स्थापना गर्ने बताएको छ ।

नयाँ आर्थिक वर्षको बजेट भाषणका क्रममा डा. अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।

फिन्टेक मार्केटप्लेस भनेको मोबाइल एप वा इन्टरनेटको माध्यमबाट थरीथरीका बैंक, ऋण, र बीमा सम्बन्धी सेवाहरू एकै ठाउँमा पाइने ‘डिजिटल वित्तीय बजार’ हो ।

त्यस्तै, अर्थमन्त्री वाग्लेले सूचनाप्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध गरेको बताएका छन् ।

‘नेपालमा बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने तथा रिमोट वर्कलाई आकर्षित गर्न स्पष्ट कानुनी प्रबन्ध मिलाउने छौँ,’ उनले भनेका छन् ।

सरकारी निकायमा प्रयोग हुने सफ्टवेयरको खरिद एकै निकायबाट गर्ने व्यवस्था मिलाउने पनि सरकारले बताएको छ ।

सँगसँगै नागरिक एपमा पनि दर्जनौँ सरकारी सेवाहरु आबद्ध हुनेछ । ‘डिजिटल सार्वजनिक विकास पूर्वाधारमा लगानी विस्तार गर्ने छौँ,’ अर्थमन्त्री वाग्लेले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?