+
+
Shares

संसद्‌मा सत्तापक्ष र प्रतिपक्षबीच चर्काचर्की (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ जेठ १७ गते १४:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्षका सांसदहरूबीच चर्काचर्की भएको छ ।
  • प्रधानमन्त्रीको सम्बोधनप्रति विपक्षीले नियमापत्ति गरेपछि सभामुख डोलप्रसाद अर्यालले मर्यादा कायम राख्न आग्रह गर्नुभयो ।
  • बैठकमा आक्रोशित भएकी रास्वपा सांसद आशिका तामाङलाई उनकै दलका सांसदहरूले सम्झाइबुझाइ गरेका छन् ।

१७ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्षी बेञ्चका सांसदहरूबीच चर्काचर्की भएको छ ।

आजैको संसद्मा प्रधानमन्त्री बालेन शाहले सम्बोधन गरेका थिए ।

प्रधानमन्त्रीको सम्बोधनबारे विपक्षीहरूले नियमापत्ति गरेका थिए । सो क्रममा सभामुख डोलप्रसाद अर्यालले नियमावलीको गलत व्याख्या गरेको भन्दै विपक्षीहरूले अवरोध गरेका थिए ।

विपक्षीहरूको अवरोधपछि सभामुख अर्यालले मर्यादित हुन आग्रह गरे ।

सोही क्रममा सत्तारुढ रास्वपा सांसद आशिका तामाङ आक्रोशित हुँदै बेञ्चबाट उठेकी थिइन् । उनलाई रास्वपाकै सांसदहरूले सम्झाइबुझाइ गरेका छन् ।

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?