+
+
Shares

विदेशी मुद्रा सञ्चितिलाई विकासमा लगाउन सोभरेन वेल्थ फन्ड : गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले विदेशी मुद्राको सञ्चिति धेरै भएको र त्यसको प्रतिफल कम भएको सन्दर्भमा त्यसको सदुपयोग गर्न सोभरेन वेल्थ फन्ड स्थापना गर्न खोजेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १६:४४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले विदेशी मुद्राको सञ्चिति सदुपयोग गर्न सोभरेन वेल्थ फन्ड स्थापना गर्न खोजिएको बताए ।
  • गभर्नर पौडेलले १८ महिनाभन्दा बढीको आयात धान्ने विदेशी मुद्रा रहे पनि त्यसको प्रतिफल करिब ४ प्रतिशत मात्रै रहेको बताए ।
  • गभर्नर पौडेलले "हामीलाई ७ महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति भए पुग्छ" भन्दै बढी विदेशी मुद्रा आर्थिक विकासमा लगाइने बताए ।

१७ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले विदेशी मुद्राको सञ्चिति धेरै भएको र त्यसको प्रतिफल कम भएको सन्दर्भमा त्यसको सदुपयोग गर्न सोभरेन वेल्थ फन्ड स्थापना गर्न खोजेको बताएका छन् ।

अर्थ मन्त्रालयले आइतबार आयोजना गरेको बजेटपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्

‘हामीलाई ७ महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति भए पुग्छ । तर, १८ महिनाभन्दा बढीको आयात धान्ने विदेशी मुद्रा छ । तर, यसको प्रतिफल ४ प्रतिशत मात्रै हाराहारी भएको अवस्थामा छ,’ गभर्नर डा. पाैडेलले भने ।

यस्तो अवस्थामा केही विदेशी मुद्रालाई आर्थिक विकासमा योगदान हुने हिसाबले सोभरेन वेल्थ फन्डको परिकल्पना गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?