+
+
Shares

रविसँगै अरू ४ जना को–को जाँदैछन् भारत ?

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते २२:२३
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने १८ जेठदेखि टोलीसहित भारत भ्रमणमा जान लाग्नुभएको छ ।
  • भ्रमण टोलीमा सांसदहरू विपिन आचार्य र दिपक बोहरा, निकिता पौडेल तथा प्रदीप आचार्य सहभागी हुने प्रवक्ता मनिष झाले बताउनुभयो ।
  • यो भ्रमण भारतीय जनता पार्टीका नितिन नवीनको निमन्त्रणामा हुन लागेको प्रवक्ता झाले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

१७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक जानकारी गराएको छ ।

पार्टी प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै भोलिबाट हुने भ्रमणबारे जानकारी गराएका हुन् ।

जारी विज्ञप्तिका अनुसार, लामिछानेसँग भ्रमणका क्रममा रास्वपा सांसदहरू विपिन आचार्य र दिपक बोहरा पनि सहभागी हुनेछन् ।

त्यस्तै, रवि पत्नी निकिता पौडेल र प्रदीप आचार्य पनि भ्रमणमा सहभागी हुने विज्ञप्तिमा उल्लेख छ ।

लामिछाने भोलि भारत जाने कार्यक्रम छ । भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उक्त टोली भ्रमणमा जान लागेको भाजपाले पनि विज्ञप्तिमार्फत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?