+
+
Shares

एक महिनामै ३२ प्रतिशत महँगियो आलु

१८ वैशाखको तुलनामा १८ जेठसम्म आइपुग्दा आलु र प्याजको मूल्य बढेको देखिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १२:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो एक महिनामा नेपाली बजारमा आलु र प्याजको मूल्य बढेको छ ।
  • १८ वैशाखको तुलनामा १८ जेठसम्म आइपुग्दा रातो आलुको मूल्य प्रतिकिलो औसत २४ रुपैयाँ ५० पैसाबाट बढेर ३२ रुपैयाँ ५० पैसा पुगेको छ ।
  • यसै अवधिमा भारतीय सुकेको प्याजको मूल्य प्रतिकिलामा ८.१३ प्रतिशतले वृद्धि भई औसत ४१ रुपैयाँ ५० पैसा कायम भएको छ ।

१८ जेठ, काठमाडौं । पछिल्लो एक महिना अवधिमा नेपाली बजारमा आलु र प्याजको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार १८ वैशाखको तुलनामा १८ जेठसम्म आइपुग्दा यी दुई वस्तुको मूल्य बढेको देखिएको हो ।

तथ्यांक अनुसार सबैभन्दा धेरै वृद्धि रातो आलुको मूल्यमा देखिएको छ । १८ वैशाखमा प्रतिकिलो औसत २४ रुपैयाँ ५० पैसा रहेको रातो आलुको मूल्य १८ जेठमा आइपुग्दा बढेर ३२ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो महिनाको तुलनामा ३२.६५ प्रतिशतको उल्लेख्य वृद्धि हो ।

त्यसैगरी भान्सामा अत्यावश्यक सुकेको प्याज (भारतीय) को मूल्य पनि बढेको छ । १८ वैशाखमा प्रतिकिलो औसत ३८ रुपैयाँ ३८ पैसामा पाइने प्याजको मूल्य १८ जेठसम्म ४१ रुपैयाँ ५० पैसा पुगेको छ । एक महिना अन्तरालमा प्याजको मूल्यमा ८.१३ प्रतिशतले वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?