News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको चलचित्र विकास बोर्डको हलमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव शुरू भएको छ ।
- तीन दिनसम्म चल्ने यस महोत्सवमा आदिवासी जनजातिका भाषा, संस्कृति, परम्परा र पहिचान झल्काउने विभिन्न चलचित्र तथा वृत्तचित्रहरू प्रदर्शन गरिनेछन् ।
- महोत्सव उद्घाटन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले यसले मौलिक संस्कृतिको उजागर र पहिचान प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो ।
काठमाडौं । छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव सुरु भएको छ । चलचित्र विकास बोर्डको हलमा सुरु तीनदिने महोत्सवमा आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, परम्परा, इतिहास तथा सांस्कृतिक पहिचान झल्काउने कथानक र लघु फिल्म, वृत्तचित्र तथा ‘एआई जेनेरेटेड’ वृत्तचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
महोत्सव निर्देशक सागर केरुङले आदिवासी जनजातिभित्रका समुदायका मौलिक कथा र जीवनशैलीलाई समेटिएका चलचित्र प्रदर्शन गरिने जानकारी दिए । उनका अनुसार महोत्सवले आदिवासी जनजाति समुदायको कला, संस्कार र पहिचानलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।
आदिवासी जनजाति चलचित्र महासंघका कार्यवाहक अध्यक्ष भुइसल लामाले आफ्नो समुदायका भाषा, संस्कृति र इतिहासलाई संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सव महत्त्वपूर्ण माध्यम बनेको बताए ।

महोत्सवमा ‘पीत’, ‘स्वयम्भू’, ‘डोल्प्पो राम्रानी’, ‘ह्याङ तानाछ’ र ‘दिलसरा’लगायतका कथानक फिल्म प्रदर्शन गरिनेछन । उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, स्क्रिप्ट तथा वृत्तचित्र विधामा पुरस्कृत गरिने जनाइएको छ ।
महोत्सव उद्घाटन गर्दै बोर्ड अध्यक्ष दिनेश डीसीले यस प्रकारका महोत्सवले मौलिक सस्कृतिको उजागर र पहिचान प्रवर्द्धनमा टेवा पुग्ने धारणा राखे ।
प्रतिक्रिया 4