+
+
Shares

अमेरिकाबाट नेपाल फर्किंदै धुर्मुसले भने- न्याय मिल्ने आशा बोकेर मातृभूमि फर्किएको छु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते १३:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ न्याय पाउने आशासहित अमेरिकाबाट नेपाल फर्किएका छन् ।
  • उनले आइतबार बिहान सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअघि फाइल बोकेर उभिएको तस्बिर सार्वजनिक गरेका छन् ।
  • भरतपुर रङ्गशाला विवाद र १८ करोड रुपैयाँभन्दा बढीको आर्थिक दायित्वका बीच उनी केही समयअघि अमेरिका गएका थिए ।

काठमाडौं । कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ अमेरिकाबाट नेपाल फर्किएका छन् । आइतबार बिहान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअघि फाइल बोकेर उभिएको फोटो फेसबुकमा पोस्ट गर्दै उनले न्याय मिल्ने आशा बोकेर आफू मातृभूमि फर्किएको बताएका छन् ।

उनी लेख्छन्, ‘ न्याय अवश्य मिल्ने छ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा फर्किएको छु । आशा छ, न्यायको अनुभूति गर्दै आफ्नै माटोको काखमा सुख-दुःख साटेर जीवनका घाउहरू निको पार्ने अवसर अवश्य प्राप्त हुनेछ ।’

अमेरिकाको ग्रीनकार्ड लिइसकेका धुर्मुसले गत २६ मंसिरमा फेसबुकमा लामो बकपत्र लेख्दै छोरीको खुट्टाको उपचारका लागि अमेरिका गएको दाबी गरेका थिए । कुञ्जना घिमिरे ‘सुन्तली’ र उनकी छोरी भने अहिले उतै छन् ।

त्यतिबेलाको फेसबुक पोस्टमा धुर्मुसले अमेरिका भागेर गएको भन्ने कतिपय विवरणको खण्डन प्रयास गरेका थिए । निरन्तरको सरकारी झमेला र १८ करोड रुपैयाँभन्दा बढीको आर्थिक दायित्वबाट मुक्ति नपाएपछि अन्ततः छोरीको उपचारका लागि अमेरिका जान बाध्य भएको उनको भनाइ थियो ।

उनको समस्या भरतपुर क्रिकेट रंगशालाको विवादसँग जोडिएको छ । फिल्मको कुरा गर्दा, उनी अभिनित ‘लाज शरणम्’ गतवर्ष प्रदर्शनमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?