News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले सहिदहरूको सम्मानमा ५ मिनेट मौनधारण गराएका छन् ।
- विपक्षी सांसदहरूले मौनधारण गरेलगत्तै सभामुखले प्रतिपक्षी बेन्चबाट सभाको अपमान भएको बताए ।
- सभामुखले सभा सञ्चालन भइरहेका बेला सांसदहरूले आफैं समय तोकेर मौनधारण गराएकामा आपत्ति जनाए ।
२६ जेठ, काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले सहिदहरूको नाममा ५ मिनेट मौनधारण गरेकोप्रति सभामुखले आपत्ति जनाएका छन् ।
विपक्षी सांसदहरूले ५ मिनेट मौनधारण गरेलगत्तै सभामुखले प्रतिपक्षी बेन्चले सभाको अपमान गरेको बताएका हुन् ।
‘सभामुखले सभा चलाइरहेको बेलामा फरक विषयमा समय मागेपछि दिइसकेपछि सबै सदस्यहरू आफ्नो ज्यान आहुति दिने सहिदहरूप्रति सम्मान गरिरहनेछौं,’ उनले भने, ‘तर प्रतिनिधिसभा सभा सभामुखले सञ्चालन गर्दैगर्दा सदस्यहरूले आफ्नै विवेकले सभा सञ्चालन गर्ने गषरी आफैँले समय तोकेर जुन किसिमको काम गर्नुभयो सभामाथि अपमान भएको छ । यसबारे ध्यानाकर्षण गराउँछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4