0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

सीमामा जाँच गर्दा १३ सवारी चालक भेटिए लागुऔषध प्रयोगकर्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते १८:३०

२६ जेठ, विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्र रानीबाट प्रहरीले १३ जना चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले सञ्चालन गरिरहेको ‘लागुऔषध विरुद्धको महाअभियान’ अन्तर्गत चेकजाँच गर्दा १३ जना चालकले लागुऔषध सेवन गरेको फेला परेको हो ।

सोमबार दिउँसो विराटनगर महानगरपालिका– १६ स्थित सीमा क्षेत्रमा जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले लापसे (लागुपदार्थ सेवन) जाँच गरेको थियो ।

जसमा १२ जना सिटी सफारी चालक, एक जना अटो टेम्पो चालकले लागुऔषध सेवन गरेको भेटिएको  थियो ।

शंकास्पद अवस्थामा भेटिएका एक जना पैदलयात्रीले पनि लापसे गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

लागुऔषध सेवन गरी लापरवाही पूर्वक सवारी चलाएको देखिएपछि १३ जना चालकलाई नै म्याद थप गरेर अनुसन्धान सुरु गरेको उनले बताए । पैदलयात्रीविरुद्ध पनि म्याद थप गरिएको उनले बताए ।

उनका अनुसार पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–१३ का विवेक महतो, वडा नम्बर ६ का राहुल सहनी,  वडा नम्बर ११ बस्ने सुनिलप्रसाद नेपाली, वडा नम्बर १७ बस्ने प्रदीप खड्का, वडा नम्बर– ६ बस्ने सुमनसा सुनार,  वडा नम्बर– १६ बस्ने श्रवण सहनी, वडा नम्बर– ६ बस्ने अनिराज बासफोर, वडा नम्बर– १४ बस्ने वीरु खत्वे, वडा नम्बर– ४ बस्ने बासुदेव उराव, वडा नम्बर– ५ बस्ने कालुराम पासवान र संजय पासवान छन् ।

त्यस्तै  बुढीगंगा गाउँपालिका– २ का सन्तोष साह, बेलबारी– ११ का सुकुम लिम्बु र पैदलयात्री इटहरी – ५ बस्ने इश्वर डाँगी छन् ।

उनीहरूविरुद्ध लागुऔषध सेवनकर्तामा म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?