0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

श्रम शोषणविरुद्ध आवासीय चिकित्सक फेरि आन्दोलित

माइतीघरमा प्रदर्शन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते १७:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आफूहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गर्दै इन्टर्न र आवासीय चिकित्सकहरूले ३० जेठमा काठमाडौंको माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेका छन् ।
  • संघर्ष समितिले प्रशिक्षार्थी चिकित्सकका लागि प्रतिदिन अधिकतम आठ घण्टा काम र सातामा एक दिन अनिवार्य बिदा सुनिश्चित गर्न माग गरेको छ ।
  • उनीहरूले आवासीय चिकित्सकलाई सरकारी आठौं तह र इन्टर्न चिकित्सकलाई छैटौं तहसरह पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग अघि सारेका छन् ।

२८ जेठ, काठमाडौं । इन्टर्न र आवासीय चिकित्सकले आफूहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन् । उनीहरूले सरकारले श्रम ऐनले तोकेको मापदण्डसमेत पालना नगरी प्रशिक्षार्थी चिकित्सकलाई अत्यधिक समय काममा लगाउने, पर्याप्त बिदा नदिने तथा न्यून पारिश्रमिकमा काम गराउने गरेको आरोप लगाएका छन् ।

‘युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण विरुद्धको संघर्ष समिति’ले सार्वजनिक अपिल जारी गर्दै नेपालमा इन्टर्न र आवासीय चिकित्सक (रेसिडेन्ट) हरूमाथि चरम श्रमशोषण भइरहेको जनाएको छ ।

अपिलमा प्रशिक्षार्थी चिकित्सकलाई दैनिक २४ घण्टासम्म ड्युटीमा खटाइने, सातामा एक दिन पनि बिदा नदिइने र १०० घण्टाभन्दा बढी काम गराइने गरिएको उल्लेख छ ।

समितिका अनुसार यस्तो अभ्यास श्रम ऐनविपरीत मात्र नभई मानवअधिकारको गम्भीर उल्लंघन समेत हो । विशेषगरी महिला चिकित्सकलाई गर्भावस्थामा समेत कानुनअनुसारको बिदा नदिने गरिएको आरोप लगाइएको छ ।

चिकित्सकहरूले अत्यधिक कार्यबोझका कारण मानसिक तथा शारीरिक स्वास्थ्यमा गम्भीर असर परेको दाबी गरेका छन् ।

उनीहरूका अनुसार चिकित्सकहरूमा आत्महत्यादेखि लिएर विभिन्न मानसिक रोगका समस्या बढ्दै जाँदा प्रत्यक्ष असर बिरामी सेवामा समेत पर्ने छ ।

‘रातभरि नसुतेको र मानसिक र शारीरिक रूपमा अस्वस्थ चिकित्सकले उपचार गर्नु पर्दा बिरामीको स्वास्थ्य समेत जोखिममा पर्दैै गएको छ,’ सार्वजनिक अपिलमा भनिएको छ ।

आन्दोलनरत चिकित्सकहरूले आफ्नो मागप्रति सरकार, चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिललाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि माग पूरा नभएको उनीहरूको भनाइ छ ।

३० जेठमा उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेका छन् । प्रदर्शन बिहान ११ बजे सुरु हुने जनाइएको छ ।

संघर्ष समितिले आन्दोलनमा चिकित्सक, स्वास्थ्यकर्मी, विद्यार्थी, अभिभावक तथा सर्वसाधारणलाई ऐक्यबद्धता जनाउन अपिल गरेको छ ।

संघर्ष समितिले प्रशिक्षार्थी चिकित्सकका लागि श्रम ऐनअनुसार प्रतिदिन अधिकतम ८ घण्टा र सातामा ७२ घण्टाभन्दा बढी काम नगराइने व्यवस्था गर्न माग गरेको छ । साथै सातामा एक दिन अनिवार्य बिदा सुनिश्चित गर्नुपर्ने चिकित्सकको माग छ ।

महिला प्रशिक्षार्थी चिकित्सकलाई कानुनबमोजिम तलबसहितको सुत्केरी बिदा उपलब्ध गराउनुपर्ने, सुत्केरी बिदापछि अध्ययन वा प्रशिक्षणमा कुनै अवरोध गर्न नपाइने व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ ।

त्यसैगरी आवासीय चिकित्सकलाई नेपाल सरकारका अधिकृत आठौं तहसरह तलब र इन्टर्न चिकित्सकलाई कम्तीमा अधिकृत छैटौं तहसरह पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग गरिएको छ । सातामा ४८ घण्टाभन्दा बढी काम गराउँदा श्रम ऐनअनुसार अतिरिक्त भत्ता दिनुपर्ने उनीहरूको माग छ ।

समितिले प्रशिक्षार्थी चिकित्सकको मानसिक स्वास्थ्य अनुगमनका लागि प्रत्येक मेडिकल कलेजमा छुट्टै समिति गठन गर्न, अध्ययन बीचमा अवकाश लिने चिकित्सकमाथि लगाइने जरिवाना घटाउन तथा एमडी/एमएसपछि लागु गरिएको दुई वर्षे अनिवार्य कार्यअवधि खारेज गर्न पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?