२८ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकमाथि निर्णयार्थ प्रस्तुत गरेका थिए । त्यसपछि उनले सो प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गरेका हुन् ।
यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए ।
उक्त विधेयकमाथि सांसदहरू डा पुष्पराज कँडेल, श्रद्धा कुँवर, समीक्षा बास्कोटा, गुरुप्रसाद बराल, आरेन राई, लीमा अधिकारी आचार्य, कमल सुवेदी र कृष्णहरि बुढाथोकीले आफ्नो धारणा राखेका थिए ।
बैठकमा अर्थमन्त्री डा. वाग्लेले राष्ट्र बैंकलाई स्वतन्त्र र स्वायत्त रूपमा काम गर्न सकोस भन्ने उद्देश्यले यो ऐन ल्याउन जरुरी भएको बताएका थिए ।
यो सँगै प्रतिनिधिसभाको अर्को बैठक यही शुत्रबार (जेठ २९) बिहान ११ बजे बस्नेगरी सकिएको छ ।
प्रतिक्रिया 4