+
+
Shares

खसीबोकाको उचित मूल्य सुनिश्चित गर्न आपूर्ति शृङ्खला अध्ययन गर्दै सरकार

अहिले बजारमा बिचौलियाका कारण किसानले सस्तोमा बेच्नुपर्ने र उपभोक्ताले महँगोमा किन्नुपर्ने बाध्यता रहेको गुनासो बढिरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते १४:२०

२५ असार, काठमाडौं । किसानले उत्पादन गरेका खसीबोकाको उचित मूल्य नपाएको विषयमा कृषि, वन तथा पर्यावरण मन्त्रालयले चासो व्यक्त गरेको छ ।

किसानलाई न्यायोचित मूल्य दिलाउन मन्त्रालयले खसीबोकाको बजार तथा आपूर्ति शृङ्खलाको विस्तृत अध्ययन अघि बढाएको जनाएको हो ।

किसानदेखि व्यापारी र बजारसम्मको आपूर्ति शृङ्खलाको तथ्यांक संकलन प्रक्रिया सुरु गरिएको मन्त्रालयको भनाइ छ ।

बजारमा खसीबोकाको खरिदबिक्री मूल्य र उत्पादक (किसान) ले पाइरहेको वास्तविक प्रतिफलबीचको अन्तर पत्ता लगाइ समस्या समाधान गर्ने मन्त्रालयको तयारी छ ।

मन्त्रालयका अनुसार किसानले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्ने वातावरण निर्माण गर्न र उपभोक्तासम्म सहज तथा पारदर्शी आपूर्ति प्रणाली विकास गर्न सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र सहकार्य भइरहेको छ ।

अहिले बजारमा बिचौलियाका कारण किसानले सस्तोमा बेच्नुपर्ने र उपभोक्ताले महँगोमा किन्नुपर्ने बाध्यता रहेको गुनासो बढिरहेको छ । यसलाई सम्बोधन गर्न मन्त्रालयले उत्पादक र उपभोक्ता दुवैको हित ध्यानमा राखेर कदम चाल्न लागेको जनाएको छ ।

किसान र उपभोक्ता दुवैलाई फाइदा पुग्ने गरी आवश्यक नीतिगत तथा समन्वयात्मक पहल भइरहेको र यससम्बन्धी थप निर्णय छिट्टै सार्वजनिक गरिने मन्त्रालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?