+
+
Shares

म्याग्दे गाउँपालिकाको नीति- बाँदर नियन्त्रण मुख्य प्राथमिकता

तनहुँको म्याग्दे गाउँपालिकाले बाँदर नियन्त्रण तथा बाँदर प्रभावित क्षेत्रका किसानको संरक्षणलाई उच्च प्राथमिकतामा राखेर बजेट र नीति तथा कार्यक्रम ल्याएको जनाएकाे छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १८:५०

२६ असार, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले बाँदर नियन्त्रण तथा बाँदर प्रभावित क्षेत्रका किसानको संरक्षणलाई उच्च प्राथमिकतामा राखेर बजेट र नीति तथा कार्यक्रम ल्याएको जनाएकाे छ ।

गाउँपालिकाले बाँदरबाट हुने कृषि क्षति न्यूनीकरण गर्न निजी क्षेत्रसँग साझेदारी गर्दै विशेष कार्यक्रम सञ्चालन गर्ने नीति अघि सार्दै सोही अनुसार बजेट ल्याएको जनाएको हो ।

गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बाँदरको बढ्दो आतङ्कका कारण प्रभावित किसानलाई राहत पुग्नेगरी विभिन्न कार्यक्रम ल्याइएको जानकारी दिए ।

उनले बाँदर प्रभावित क्षेत्रमा किसानलाई सिप्लीगान, हलेदोलगायतका खेतीमा प्रोत्साहन गर्नेगी गाउँपालिकाले कार्यक्रम सञ्चालन गर्ने बताए ।

जसमा बाँदरले कम क्षति पुर्‍याउने तथा बजारमा समेत राम्रो माग रहेका यस्ता नगदे बालीको उत्पादन विस्तारमार्फत कृषकको आम्दानी वृद्धि गर्ने लक्ष्य लिइएको अध्यक्ष श्रेष्ठले बताए । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?