+
+
Shares

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २७ गते १३:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वाधार विकास मन्त्रालयले समयमा नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वत: खारेज गरेको छ।
  • निर्माण व्यवसाय ऐन, २०५५ अनुसार तोकिएको अवधिभित्र नवीकरण नभएका फर्महरूको इजाजतपत्र स्वतः खारेज भएको मन्त्रालयले जनाएको छ।
  • मन्त्रालयको सचिवस्तरको असार १७ गतेको निर्णयअनुसार सो सूचना सार्वजनिक गरिएको हो।

२७ असार, काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४ फर्म तथा कम्पनीको इजाजतपत्र स्वत: खारेजी भएको जनाएको छ ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि २०८२ चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजतपत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेकामा सो अवधिभित्र नवीकरण नगरेका ४४ वटा निर्माण व्यवसायीको इजाजतपत्र स्वत: खारेजी भएको सूचनामा उल्लेख गरिएको छ ।

मन्त्रालयले सोही ऐनको दफा ७ को उपदफा ३ बमोजिम स्वत: खारेज भएको सूचनामा उल्लेख गरिएको छ ।

मन्त्रालयले सोही ऐनको दफा ७ (४) प्रयोजनाको लागि मन्त्रालयको सचिवस्तरको गत असार १७ गतेको निर्णयानुसार सूचना प्रकाशन गरेर जानकारी दिएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?