+
+
Shares

सप्तरीमा स्थानीयले गराए हुलाकी सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते ११:००

२८ असार, सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिका-५ स्थित राजविराज-बलान हुलाकी सडक खण्ड स्थानीयवासीले अवरुद्ध गरेका छन् ।

कल्भर्टबाट पानीको निकास बन्द हुँदा बस्ती र खेतीयोग्य जमिन डुबानमा परेपछि स्थानीयले सडक अवरुद्ध गरी विरोध जनाएका हुन् ।

स्थानीयका अनुसार हुलाकी सडक अन्तर्गत रहेको कल्भर्टमा पानी निकास अवरुद्ध भएपछि करिब १० घर तथा ७ विघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ।

बोदेबरसाईन नगरपालिका-४ का वडा अध्यक्ष किरण कुमार साहले कल्भर्टमा पानी निकास बन्द हुँदा स्थानीय बासिन्दाले ठूलो सास्ती बेहोर्नुपरेको र समस्या समाधानका लागि सम्बन्धित निकायको तत्काल ध्यान जानुपर्ने बताए।

स्थानीय मोहम्मद इसराइलका अनुसार विगत १५ दिनदेखि घरहरू डुबानमा परेका छन् । पटक–पटक नगरपालिकालाई जानकारी गराउँदा पनि कुनै पहल नभएकाले बाध्य भएर हुलाकी सडक अवरुद्ध गर्नुपरेको उनले बताए।

सडक अवरुद्ध भएपछि राजविराज–बलान सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ। स्थानीयले पानी निकासको स्थायी व्यवस्था नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?