+
+
Shares

सांसद मल्लको आरोप– राज्यकै संरक्षणमा भएकाहरू मिडिया त्रसित बनाउन लागे

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते १२:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद रमेशकुमार मल्लले राज्यद्वारा संरक्षित व्यक्तिहरूले नै मिडिया र राजनीतिक नेतृत्वलाई त्रसित बनाउने गतिविधि गरेको आरोप लगाएका छन् ।
  • मल्लले गणेश नेपाली प्रकरण ओझेलमा पार्न सडक जाम र नेताको घर घेराउ गर्ने जस्ता अराजक गतिविधि भएको जिकिर गरेका छन् ।
  • उनले सडक अवरुद्ध गर्ने दोषीहरूलाई ५ सयको चिट काटेर छोड्न नहुने भन्दै गाडी जफत गरी कडा कारबाही गर्न माग गरेका छन् ।

३० असार, काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रमेशकुमार मल्लले राज्यले संरक्षण गरेकाहरूले नै मिडिया र राजनीतिक नेतृत्वको घरमा त्रसित बनाउने गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले गणेश नेपाली प्रकरणलाई ओझेलमा पार्नका लागि सरकार संरक्षितहरूले सडक जाम गराउने र मिडिया तथा राजनीतिक नेतृत्वमाथि त्रास फैल्याउने खालका गतिविधि गरेको जिकिर गरे ।

‘राज्य संरक्षित मान्छेहरूबाट न्युरोड लगायतका मुख्य सडकहरूमा दिनभरजसो सडक जाम गरियो, अवरोध गरियो । अस्तव्यस्त बनाइयो । हिजो मिडिया हाउसको अगाडि एकाबिहानै गाडीहरू तेर्स्याइयो,’ सांसद मल्लले भने, ‘प्रमुख प्रतिपक्ष दलको नेताको घर खोज्दै गएर गाडी लिएर रोकेर जाने काम पनि भयो । र, दिनभर के हो, कसो हो ? भनेर होहल्ला धेरै भयो । तर प्रकारन्तरले देखियो कि राज्य संरक्षित केही मान्छेहरूबाट नै यो गतिविधि गरियो ।’

सांसद मल्लले सरकारले सामान्य नागरिकले हितमा कुनैपनि काम गर्न न सकेको गुनासो पनि गरे ।

‘म राज्यलाई सोध्न चाहन्छु–५ सय देखि लाखौंको जरिवाना गर्छु भनेर भन्ने सरकारले त्यो प्रश्तावलाई अघि बढाउने, छलफलको विषय बनाउने सरकारले आज ५ सयको चिट काटेर उनीहरूलाई छोड्दैछ भन्ने सुनियो । यो राज्यले यस्तो काम गर्ने, उनीहरूलाई ५ सयको चिट काटेर घर पठाउने,’ उनले भने, ‘यो कुनै हालतमा हुन सक्दैन सभामुख महोदय । यिनलाई लाखौंको जरिवाना तिराउनु पर्दछ । र त्यो गाडी जफत गरिनु पर्दछ भन्ने मेरो जिकिर हो सभामुख महोदय । र, जसले यो गतिविधि गरेको छ र यसको योजना बनाएको छ । उनीहरूलाई छिटो भन्दा छिटो छानविन गरेर कारबाही गर्नु पर्दछ ।’

साथै, उनले प्रधानमन्त्री शाहले राष्ट्रियता विरोधी अभिव्यक्ति हालसम्म पनि नसच्याएको भन्दै आपत्ति समेत जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?