+
+
Shares

प्रतिपक्ष एक ठाउँमा छ, तर सत्तापक्षले कुनै आग्रह सुनिरहेको छैन : रमेश मल्ल

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते ११:५३

४ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रतिपक्षहरूले एक भएर आवाज उठाउँदा समेत सत्तापक्ष र सरकार सुन्न तयार नभएको टिप्पणी गरेको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरू उठे ।

सभामुख डोलप्रसाद अर्यालले समय दिएपछि बोल्दै नेपाली कम्युनिस्ट पार्टीको सांसद रमेश मल्लले प्रतिपक्षीहरूको आवाज नसुनेर प्रतिनिधिसभा नियमावली जबरजस्ती पारित भएको बताए ।

प्रधानमन्त्रीको उपस्थित खोज्दा नपाएको बताए । प्रधानमन्त्री आउने दिन असार १७ गते थाहा नपाएको स्मरण गरे । त्यसदिन सभामा प्रधानमन्त्रीले नियमावली विवपरित प्रश्नोत्तर चाहेको र सोही अनुसार सभा अगाडि बढेको बताए ।

त्यसक्रममा दिएको सीमा विवादबारे विवादास्पद अभिव्यक्तिमा पनि जवाफ माग्दा नपाएको बताए ।

विपक्षीहरूले एक भएर आवाज उठाउँदा समेत सरकारले नसुनिरहेको भनेर उनले प्रतिपक्षको नरमपनलाई कमजोरी नठान्न चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?