+
+
Shares

‘मिस सुप्रन्यासनल’ मा भाग लिन पूर्णिमा कार्की पोल्यान्ड प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते १२:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिस सुप्रन्यासनल प्रतियोगितामा सहभागी हुन पूर्णिमा कार्की पोल्यान्ड प्रस्थान गरेकी छन् ।
  • अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ३१ जुलाईमा आयोजना हुँदैछ ।
  • कार्कीले नेपालको झण्डा बोकेर विश्वमञ्चमा उभिन पाउनु ठूलो सम्मान र जिम्मेवारी भएको बताइन् ।

काठमाडौं । यसवर्षको मिस सुप्रन्यासनलमा सहभागी हुन पूर्णिमा कार्की पोल्यान्ड प्रस्थान गरेकी छन् । प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको अन्तर्राष्ट्रिय स्पर्धा ३१ जुलाईमा हुँदैछ ।

कार्कीले मिस सुप्रन्यासनलको नेपाल संस्करण जितेकी थिइन् । उनको प्रस्थानबारे आयोजक संस्थाले विज्ञप्तिमार्फत विस्तृत जनाएको छ ।

प्रतियोगिता अवधिभर कार्कीले राष्ट्रिय पोशाक, सुप्रा च्याट, प्रारम्भिक मूल्याङ्कन तथा विभिन्न प्रतिस्पर्धात्मक चरणमा सहभागिता जनाउनेछिन् । मुलुकको सांस्कृतिक विविधता, प्राकृतिक सम्पदा र नेपाली महिलाको आत्मविश्वासलाई विश्वमञ्चमा प्रस्तुत गर्ने अपेक्षा गरिएको उल्लेख छ ।

प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै कार्कीले आफ्नो यो यात्रा व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण नेपालीको साझा सपना र राष्ट्रिय गौरवको विषय भएको बताइन् ।

‘नेपालको झण्डा बोकेर विश्वमञ्चमा उभिन पाउनु मेरो लागि ठूलो सम्मान र जिम्मेवारी हो । यो मेरो मात्र यात्रा होइन, सम्पूर्ण नेपालीको यात्रा हो । म आफ्नो सम्पूर्ण क्षमता र समर्पणका साथ नेपाललाई उत्कृष्ट रूपमा चिनाउने प्रयास गर्नेछु’ उनले भनिन् ।

मिस सुप्रन्यासनलका राष्ट्रिय निर्देशक सन्तोष उपाध्यायले यसवर्षको प्रतियोगिताबाट नेपालले उत्कृष्ट नतिजा हासिल गर्ने कुरामा आशावादी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?