+
+
Shares

सिर्सिया नदीलाई पुनर्जीवन दिन सरकारले यथाशीघ्र ठोस कदम चालोस् : सांसद पन्त

रास्वपाका सांसद हरि पन्तले सिर्सिया नदीलाई पुनर्जीवन दिनका लागि यथाशीघ्र ठोस कदम चाल्न सरकारसँग आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते १३:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद हरि पन्तले सिर्सिया नदीलाई पुनर्जीवन दिन तत्काल ठोस कदम चाल्न सरकारसँग माग गरेका छन्।
  • उद्योगबाट निस्कने विषाक्त पानीका कारण सिर्सिया नदी दुर्गन्धित भई लामखुट्टेको प्रजनन केन्द्र बनेको उनले बताए।
  • विगतका सरकारले सिर्सिया नदीको समस्यालाई चुनावी नारा बनाए पनि कुनै काम नगरेको पन्तले उल्लेख गरे।

३० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि (बुद्धिप्रसाद) पन्तले सिर्सिया नदीलाई पुनर्जीवन दिनका लागि यथाशीघ्र ठोस कदम चाल्न सरकारसँग आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद पन्तले औद्योगिक करिडोरमा रहेका उद्योगहरूबाट निस्कने केमिकल युक्त विषाक्त पानी बिना प्रशोधन सिधै मिसाउँदा सिर्सिया नदी दुर्गन्धित बनेको बताए ।

पथलैया-वीरगञ्ज औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरूको हेलचेक्र्याइँ लापरबाहीकै कारण सिर्सिया नदी दुर्गन्धित नालामा परिणत भएको उनले बताए ।

कुनै समय सिर्सियाकै पानी उठाएर अर्घ दिन सकिने नदी अहिले छठ पर्वमा अर्घ दिँदै गर्दा दुर्गन्धले त्यहाँ खुट्टा समेत राख्न नसकिने अवस्थामा पुगेको सांसद पन्तले बताए ।

सिर्सिया नदी दुर्गन्धित नालामा परिणत हुँदा लामखुट्टे प्रजननको मुख्य प्रजननकेन्द्र नै बनेर नदी दुवै तर्फको बस्तीमा राति चैनले सुत्न समेत नसक्ने वातावरण बनेको सांसद पन्तको तर्क छ ।

पछिल्ला केहि वर्षदेखि देखिएको यो विकराल समस्यालाई अहिले सम्मका कुनै पनि संघीय , प्रदेश र स्थानीय सरकारहरूले आ-आफ्नो घोषणा पत्रहरूमा समावेश गरी चुनावीनारा बनाउनु बाहेक कसैले पनि माखोसम्म मार्न नसकेको भन्दै उनले त्यहाँका जनताले यो सरकारसँग ठूलो आशा राखेको बबताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?