+
+
Shares

होल्डिङ सेन्टरका विद्यार्थीलाई स्कुल लैजान र ल्याउन बसको व्यवस्था

सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मंगलबारदेखि भक्तपुरको खरिपाटी र बोडेमा दुई वटा बसको व्यवस्था मिलाइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते १७:५५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सुकुमवासी होल्डिङ सेन्टरमा रहेका विद्यार्थीका लागि भक्तपुरको खरिपाटी र बोडेमा विद्यालय आवतजावत गर्न दुई वटा बसको व्यवस्था गरेको छ ।
  • शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले समस्या समाधान नभएसम्म विद्यार्थीलाई बसको सुविधा उपलब्ध गराउने र विद्यालय लैजाने–ल्याउने कार्य सुरु गरिएको बताए ।
  • बाढीका कारण पाठ्यपुस्तक नष्ट भएका कीर्तिपुरका विद्यार्थीलाई नयाँ सामग्री प्रदान गरिएको छ भने विद्यार्थीले पुरानै विद्यालयमा अध्ययन गर्ने इच्छा व्यक्त गरेका छन् ।

३० असार, काठमाडौं । सरकारले सुकुमवासी होल्डिङ सेन्टरमा रहेका विद्यार्थीलाई विद्यालय लैजान र ल्याउन बसको व्यवस्था गरेको छ ।

सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मंगलबारदेखि भक्तपुरको खरिपाटी र बोडेमा दुई वटा बसको व्यवस्था मिलाइएको हो ।

‘समस्या समाधान नभएसम्म विद्यार्थीलाई बसको व्यवस्था मिलाएको छौँ । आजदेखि दुई वटा बस चलेको छ । विद्यार्थीले भर्ना गरेको विद्यालयमा लैजाने र ल्याउने गरिएको छ,’ उनले भने ।

मन्त्री पोखरेलका अनुसार खरिपाटीमा २१ र बोडेमा १८ जना विद्यार्थी छन् । कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई खरिपाटी र बोडेमा सारिएको छ ।

विद्यार्थीले चाहेमा विद्यालय परिवर्तन गर्नेबारे पनि छलफल भएको छ । तर विद्यार्थीले आफूले पढिरहेको पुरानै स्कुलमा पढ्न रुचि देखाएका छन् ।

कीर्तिपुरमा बाढी पसेपछि कापी किताब भिजेकाले विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक उपलब्ध गराइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?