+
+
Shares

एलपी ग्यासको वितरण व्यवस्थित बनाउन सरकारलाई संसदीय समितिको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते १२:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उद्योग तथा वाणिज्य समितिका सभापति रहबर अन्सारीले खाना पकाउने ग्यासको वितरण र व्यवस्थापन प्रविधिमैत्री बनाउन सरकारसँग माग गर्नुभएको छ ।
  • अन्सारीले ग्यास सिलिण्डरको यकिन तथ्याङ्क राख्न स्थानीय तहसँगको समन्वयमा हाउसहोल्ड म्यापिङ्ग र एकीकृत सूचना प्रणाली लागू गर्नुपर्नेमा जोड दिनुभएको छ ।
  • उहाँले पाइपलाइन निर्माण र भण्डारण क्षमता विस्तारको काम पूरा गर्न मन्त्रीलाई स्पष्ट कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिनुभएको छ ।

३१ असार, काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले खाना पकाउने ग्यास (एलपी ग्यास) को वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन सरकारसँग माग गरेका छन् ।

बुधवार आयोजित समितिको बैठकमा बोल्दै सभापति अन्सारीले ग्यास आपूर्ति शृंखलामा देखिएका समस्या समाधानका लागि ठोस कदम चाल्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका हुन् ।

सभापति अन्सारीले प्रत्येक घरधुरीमा कुन कम्पनीका कतिवटा सिलिण्डर छन् भन्ने यकिन तथ्याङ्क राख्न ‘हाउसहोल्ड म्यापिङ्ग’ र एकीकृत सूचना प्रणाली (इन्टिग्रेटेड सिस्टम) को आवश्यकता रहेको बताए ।

‘कुन घरमा कुन कम्पनीको कति सिलिण्डर पुगेको छ भन्ने कुराको जानकारी सम्बन्धित कम्पनी र नियामक निकायलाई हुनुपर्छ । यसका लागि स्थानीय तहसँगको समन्वयमा एकीकृत प्रणाली लागू गर्न ढिलाइ गर्नु हुँदैन । हामीलाई ‘गम्भीर छौँ’ भन्ने जस्ता परम्परागत आश्वासन मात्र चाहिएको होइन,’ उनले भने ।

उनले आधा सिलिण्डरको प्रयोगबाट प्राप्त भएका उपलब्धि र समस्याहरूको समीक्षा गर्दै आगामी दिनमा परिमार्जित नीति ल्याउनुपर्नेमा जोड दिए । साथै, ढुवानीमा सहज हुने र सुरक्षित मानिने ‘लाइट वेट’ (कार्बन फाइबर) सिलिन्डरको प्रयोग व्यापक हुन नसकेकोमा चासो व्यक्त गर्दै त्यसको गुणस्तर र सुरक्षाबारे स्पष्ट पार्न आग्रह गरे ।

‘पाइपलाइन निर्माण र भण्डारण क्षमता विस्तारका लागि कति दिनभित्र काम सम्पन्न हुन्छ, त्यसको स्पष्ट कार्यतालिका मन्त्रीज्यूले सार्वजनिक गर्नुपर्छ । लक्ष्यसहितको प्रतिवद्धता नभएसम्म सुधार सम्भव छैन,’ उनले भने ।

सभापति अन्सारीले सहरी क्षेत्रका हाउजिङ कोलोनी र अपार्टमेन्टहरूमा ग्यास आपूर्तिलाई व्यवस्थित गर्न सामूहिक वितरण प्रणालीको अवधारणा अघि सारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?