+
+
Shares

दफावार छलफलका लागि संसदीय समितिमा पुगे दुई विधेयक

प्रतिनिधिसभामा रहेका दुई वटा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २४ गते १५:२१

२४ असार, काठमाडौं । प्रतिनिधिसभामा रहेका दुई वटा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पुगेको छ ।

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्ताव राखेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

दुवैलाई सभाले स्वीकृत गर्यो । दुवै विधेयकमाथि अब दफावार छलफल सम्बन्धित संसदीय विषयगत समितिमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?