+
+
Shares

मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित

बुधबार बसेको मधेश प्रदेश सभाको बैठकमा बजेट सर्वसम्मतिले पारित भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते १४:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेश सभाको बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याइएको बजेट सर्वसम्मतिले पारित गरेको छ ।
  • अर्थमन्त्री युवराज भट्टराईले १ असारमा ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट प्रदेश सभामा पेश गर्नुभएको थियो ।
  • बजेट विवाद समाधानका लागि गठित सात सदस्यीय कार्यदलले पेश गरेको १० बुँदे प्रतिवेदनलाई समेत बजेटको अभिन्न अङ्ग बनाइएको छ ।

३१ असार, जनकपुरधाम । मधेश सरकारको बजेट सर्वसम्मतले पारित भएको छ ।

बुधबार बसेको मधेश प्रदेश सभाको बैठकमा बजेट सर्वसम्मतिले पारित भएको हो ।

मधेश सरकारको तर्फबाट अर्थमन्त्री युवराज भट्टराईले गत १ असारमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएका थिए ।

प्रमुख प्रतिपक्ष र प्रतिपक्षी दलले बजेटमा त्रुटि देखिएकाले संशोधन वा कार्यदल गठन हुनुपर्ने माग गर्दै प्रदेश सभा बैठक अवरुद्ध पार्दै आएका थिए ।

गत २८ असारमा मधेश प्रदेश सभाले बजेट विवाद समाधानका लागि सात सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलले मंगलबार १० बुँदे प्रतिवेदन सभामा पेश गरेको थियो ।

उक्त बुँदा समेत बजेटको अंग बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?